काँगे्रसी जात्रा त हेर्न पाइएन

तीन वर्षदेखि सडकाँ जान नपा काँगे्रसीहरले सोमबार मात्रै सडकाँ उर्लेर ओलीबालाई पाँडेगाली सम्म गर्न बाँकी राखेनन् भन्छन । आँफू भने कोरोना भनेछि तीनकोस टाढा भाग्ने मान्छे परियो । त्यसैले काँगे्रसी जात्रा त हेर्न पाइएन । तर कुरोसम्म सुन्न पाइयो । अनि तिनै कुरा ह्याँ कोर्न खोज्जीया छ । दलहरले एक अर्का विरोध गर्दा लाउने नारै हो । अनि तिनै नारा मध्ये आँफूले सुन्या यो यौटा नारा ‘यो त अतीभो, देशलाई नै खती भो, ओलीजीलाई बाईबाई, भष्टाचारीलाई कारवाही’ भन्ने नारा चाइँ नौलो लायो है । अन्यथा अघिपछि लाग्ने ‘ओली चोर, देश छोड, जनता ढाँटन पाइँदैन, कमिनिष्ट शासन चाइँदैन’ भन्या जस्ता नारा त पूरानै त हुन नि हैन र ?

तीन बर्षदेखि सत्ताँ बस्न नपाएर पार्टीभित्र आँफू आँफू लडालड गरेर हैरान भएछि सडकाँ गा काँगे्रसले विपक्षी दलको भूमिका निभाउन सकेन भनेर जनता कराउँदा कराउँदा हुक्क भए । देशाँ भष्टाचार अनियमितता, बेथिति र सर्वसत्तावादले पराकाष्टा नाघ्यो । कमसेकम विपक्षी दल त सडकाँ आउनु परो भनेर जनताले काँगे्रसलाई कति गुहारे । तर काँगे्रस टसको मस भएन । जब आफ्ना नेता रामचन्द्रलाई पुलिस लाएर सरकारले उनकै गृह जिल्लाँ लखेटालखेट पा¥यो, तब काँगे्रसीहरु आफ्नो नेता बचाउ अभियानाँ सडकाँ कुदे । जनतालागि हैनकि नेता लागि ग¥या आन्दोलन भएर होकि किन हो कुन्नी राजा समर्थनाँ निस्क्या जुलुस साह्रै थोरै मान्छे थे । विरोध सभाँ भन्ने कुरा गर्थे मान्छेले ।

अरु जिल्लाँ त नेताहरले कस्तो बोले कुन्नी । तर सुर्खेत जिल्लाँ बोल्ने नेताहरले त विरोध सभाँ बोल्या हुनकि सरकारको गुणगान गाउने भेलाँ बोल्या हुन् छुट्ट्याउनै मुस्किल थ्यो रे । बिचरा काँगे्रसीहरलाई सत्ताँछौँ कि सत्ता बाइर छौँ भन्ने भेउनै छैन भने ओलीबाले यीनरको घोडा किन नचढुन् त नि ! जलुस सुलुसको छाँट हेर्दा त ज्ञानेन्द्रका भातमाराहरु भन्दानी काँगे्रसका जनता त साह्रै कम पो देख्खियत हँ ! त्यसोत सुर्खेताँ त ज्ञानेन्द्रका मान्छे गाडी र मोटर साइकलबाहेक पैदल हिँडने कार्यकर्ता कोइथेनन । सबै सुखि र सम्पन्न भैसक्या मात्रै भएर त होला उनरु गाडी र मोटर साइकलैमा चढेर ओलीको सातो ले । तर पैदल हिँडने काँगे्रसको जुलुस देखेर ओलीबा तर्सेकी तर्सेनन् । त्यो त ओलीबाले नै बताउलान् हैन र ? हुन त यो त नमूना मात्रै हो । खास सरकार गिराउने आन्दोलन त बाँकि नै छ भन्ने कुरा काँगे्रसकै पदाधिकारीले भन्या हुँदा ओलीबा ऐल्यै डराउनुपर्ने अबस्था छैन भन्ने बुझनु पर्ने त होला हैन र ? ।

वेदर्षि

तपाईको प्रतिक्रिया