६ महिनाको अवधीमा विपतबाट दश लाखको क्षति

सुर्खेत, १ पुस ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ६ महिनाको अवधीमा १० वटा विपतका घटना भएका छन् । वीरेन्द्रनगर नगर पालिकाले ६ महिनाको अवधीमा १० वटा विपद्का घटनाबाट दश लाखको क्षति भएको जनाएको छ । त्यस मध्ये ६ वटा घर जलेको छ ।

वीरेन्द्रनगर नगर पालिकाले विपद् सम्बन्धी सम्पूर्ण जानकारी दिनका लागि वेवसाइट सुरु गरेको छ । विपत प्रोटल नामक वेवसाइट सुरु गरेको जानकारी दिँदै नगरपालिकाका बरिष्ठ अधिकृत प्रकाश पौडेलले वेवसाइट मार्फत अब वीरेन्द्रनगरमा भएका विपत सम्बन्धी सम्पूर्ण जानकारी दिने जानकारी दिए । उनले वेवसाइटमा विपत सम्बन्धी जानकारी र विपद्का घटनालाई न्युनिकरण गर्नका लागि वेवसाइट सुरु गरिएको बताए ।

१६ वटै वडामा हुने विपद्लाई कम गर्न विपत सम्बन्धी जानकारीका लागि पूर्व सुचना वेवसाइट मार्फत दिइने उनको भनाई छ । उनले सुरुमा नगलपालिकाबाट सुरु गरिएका् वेवसाइट पछि सबै वडाबाट पनि अपडेट गर्न मिल्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया