चौकुनेमा इकाइको कार्यालय स्थपना

नन्दु खनाल ।

सुर्खेत, १ पुस ।

चौकुने गाउँपालिकामा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्यका लागि गाउँपालिका नजिकै छुट्टै इकाई स्थापना गरिएको छ ।

मंगलबार इकाई उद्द्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले चौकुनेमा भुमी समस्या सम्बन्धि सम्पुर्ण समस्याहरु समाधानको लागि तीब्र गतिमा काम संचालन हुने बताए । चौकुने गाउँपालिकाका सम्पुर्ण भुमिहिन दलित भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु लाई भुमिको मालिक बनाउने गरि काम गर्न लागेको समेत जानकारी दिए । चौकुने गाउँपालिकाको भुमिहिन सुकुम्बासीहरुको सहजीकरण समितीको बैठक बसी पौष ५ गते देखि पौष १५ गते सम्म अनुमानित लगत संकलन गरेर सक्ने निर्णय गरेको छ ।

यसको लागी चौकुनेका साबिकका गाबिसहरुमा गाउँपालिका बाट सहजीकरण समिति र इकाईका कर्मचारीहरु संयुक्त रुपमा एकै पटक गएर १० दिनमै अनुमानित लगत संकलन गर्ने छन । जसको लागी लगाममा इकाई प्रमुख धनिराम धमाला, बेतान भुपेन्द्र ओलि,, बिजौरामा नन्दु खनाल, घाट्गाउमा गंगाराम बि।क र गुटुमा गाउँपालिकाका उपाध्यक्ष समेत रहनु भएका निर्मला मगरले नेतृत्व गर्नेछन् ।

तपाईको प्रतिक्रिया