प्रमुख प्रशासकीय अधिकृतको विदाइ

दुर्गा विसी, ३० मंसिर ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काको विदाइ गरिएको छ ।सल्यानको कपुरकोट गाउँपालिकामा सरुवा भए पछि खड्काको नगरपालिकाबाट विदाइ गरिएको छ ।

१८ महिना कार्यकाल समालेका खड्काले नगरमा रहदा राम्रो काम गरेको नगर प्रमुख गोविन्द कुमार पुनले विदाइ कार्यक्रम धारणा राख्नु भएको थियोे ।सन्तुलनकारि भुमिकाको उच्च प्रशंसा गरिएको छ ।उहाँको कार्यकालमा कामकाजमा निकै सहजता भएको जनाएको छ ।कार्यक्रम नगर उप प्रमुख मञ्जु यरिले समेत उनको थप कार्यकाल सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

करिव १८ महिना कार्यकाल समालेका खड्काको विदाइमा लेखा अधिकृत दिनेश भण्डारी,सिम्ता गाउँपालिकाका लेखा अधिकृत भुपेन्द्र भण्डारी र नगरका अन्य विषयगत शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।नगर शिक्षा अधिकारी चक्र रावतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सलेपा घनश्याम विसिले गरेका थिए ।

तपाईको प्रतिक्रिया