८२१ संक्रमित थपिए, ८४२ डिस्चार्ज, १८ जनाको मृत्यु

काठमाडौं, २९ मंसिर ।

पछिल्लो २४ घण्टामा ८२१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले आज दिउँसो अध्यावधिक गरेको विवरण अनुसार ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सँगै नेपालको जम्मा संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८४२ छ। हालसम्म डिस्चार्ज हुने जम्मा संख्या २ लाख ३६ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ।

२४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ जना रहेको छ। नेपालमा हालसम्म कोरोनाबाट १७१६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया