वन उपभोक्ता समितिमा नेकपाको प्यानलै बिजयी

सुर्खेत, २८ मंसिर ।

नन्दु खनाल ।

चौकुने गाउँपालिकामा शनिबार भएको बण्डाली सामुदायिक बन उपभोक्ता समिति सुर्खेतको निर्वाचनमा नेकपा सहितको बामपंथी प्यालन बिजयी भएको छ । ५ सय ५४ मतदाता रहेको सामुदायिक बनको शनिबार भएको निर्वाचनमा ४ सय ३ मत खसेको थियो । निर्वाचन समितिका अनुसार इन्द्रबहादुर सलामीले २ सय ४ मत ल्याएर बिजयी भएका छन भने प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार जंगबहादुर कामीले १ सय ७० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष लक्ष्मि सुनार २ सय १, सचिब सीता साउद २ सय ३, कोषाध्यक्ष दुर्गा बुढा १ सय ९६, सह सचिव गोबिन्द प्रसाद सापकोटाले १ सय ९७ मत ल्याएर बिजयी भएका छन् ।

त्यसैगरी सदस्यहरुमा देबिलाल ढकाल १ सय ९८, डिल्लीराम पौडेल १ सय ९३, थिरराज अधिकारी १ सय ९२, यमु आउजी १ सय ८५, यमलाल अधिकारी २ सय ३ र कलसा बुढा क्षेत्रीले १ सय ८५ मत ल्याएर बिजयी भएका छन् । ४ सय ३ मत मध्ये २९ मत बदर र ३ सय ७४ मत सदर भएको थियो ।

निर्वाचनमा बिजयी इन्द्रबहादुर सलामीले आफू निर्वाचनको माध्यम बाट बिजयी भए पनि समग्र उपभोक्ताहरुलाई समान ढंगको व्यबहार गर्ने बताउने भयो ।
बन पैदावर जस्तो क्षेत्रमा सम्पुर्ण उपभोक्ताहरुको सक्रियताले मात्र बन संरक्षण गर्न सकिने भन्दै सलामीले चौकुनेको सम्पूर्ण बन हराबरा बनाउन दिनरात खट्ने समेत धारणा राखेका थिए ।

स्थानीय स्तरमा सामुदायिक बन उपभोक्ता समितिको नेतृत्वको लागी चुनाब भए पनि यो चुनाब संघीय संसदको झल्को दिने गरि आ(आफ्ना उम्मेदवार र राजनैतिक दल संग प्रतिस्पर्धा भैरहेको जस्तो देखिन्थ्यो । राती अबेर सम्म मत गणना स्थलमा शुभचिन्तक र समर्थकहरुको बाक्लो भिडभाड देखिन्थ्यो ।

तपाईको प्रतिक्रिया