आँखा स्वस्थ राख्न विद्यालयका शिक्षकलाई तालिम

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, २८ मंसिर ।

नियमित आखा जचाउने ब्यबस्था भएपनि अहिले सम्म कुनै पनि बिद्यार्थीले आखा जचाउने व्यस्था गरिएको छैन । कि आँखामा समस्या देखियो भने आँखा अस्पताल वा कुबे पनि मेडिकल दौड्ने अभिभाबक वा विद्यार्थीले गर्ने चलन परापुर्बक काल देखि चल्दै आएको छ , नयाँ शैक्षिक सत्र सुरु हुने बेला तालिम प्राप्त शिक्षक वा शिछिकाले बिद्यालयका सबै अध्यनरत विद्यार्थीका आखा जाच गर्ने छन । आखामा कुनै पनि समस्या देखियो भने आखा अस्पताल वा सेवा केन्द्रमा उपचारको लागि पठाउने ब्यबस्था गरिने मुसिकोट शिक्षा तथा युबा खेलकुद शाखाका निमित्त प्रमुख लालसीह खड्काले बताए ।

मुसिकोट नगरपालिकाले शिक्षकलाई आखा सबन्धि तालिम दिएको छ । आखा उपचार केन्द्र सल्लेले नगरपालिकाका सामुदायिक तथा संथा गत विद्यालयका शिक्षकहरुका लागि आज १ दिने आधारभूत स्वास्थ्य सिबिर सम्पन्न भएको छ । तालिममा १६ जना शिक्षक जनाको सहभागिता रहेको आखा उपचार केन्द्र सल्लेले जनाएको छ । शिक्षकलाई आखाको सुरक्षा , आखामा देखिने रोग , आखा स्वास्थ्य राख्ने उपाय , दृस्टी दोष हुन नदिन के गर्ने भन्ने लगायतका बारेमा सिकायको आखा उपचार केन्द्रका प्रमुख धन बहादुर केसीले जानकारी दिए । नियमित उपचार गरि विद्यार्थीको आखा स्वस्थ बनाउने उद्देश्यले आयोजना गरिएको आखा उपचार केन्द्र सल्लेका प्रमुख के सीले बताए । शिक्षकलाई राप्ति आखा अस्पतालका बाह्य कार्यक्रम संयोजक सालिकराम गौतम र सल्लेका प्रमुख केसीले सहजीकरण गरेका थिए ।

अहिले नगरका सबै बिद्यालयमा आखा जाचको ब्यबस्था नहुदा धेरै बिद्यार्थी तथा शिक्षकहरुमा आखा सबन्धि बिभिन्न समस्या देखिन गरेका थिए । यहि समस्याका कारणले तालिमको आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया