गूगल टप १० : बलिउडबाट २०२० मा धेरै सर्च भइन् कनिका कपूर

काठमाडौं ।

गूगलले २०२० मा इण्डियामा सबैभन्दा धेरै सर्च गरिएका पर्सनेलिटिजको लिस्ट सार्वजनिक गरेको छ । यसको टप १० को सूचीमा बलिउडबाट ५ जनाले स्थान पाएका छन् ।

यो वर्ष सबैभन्दा धेरै चर्चामा रहेकी अभिनेत्री कंगना रनौत १० औँ स्थानमा रहेकी छन् भने अभिनेत्री कनिका कपूर इन्टरटेनमेन्ट इण्डस्ट्रीमा सबैभन्दा धेरै सर्च भएकी छन् ।

उनी तेश्रो स्थानमा रहेकी छन् । पहिलो नम्बरमा जो बाइडेन र दोश्रो स्थानमा भारतीय पत्रकार अर्णव गोस्वामी रहेका छन् ।

१. जो बाइडेन (अमेरिकी राष्ट्रपति इलेक्ट)

२. अर्णव गोस्वामी (भारतीय पत्रकार)

३. कनिका कपूर

४. किम जोङ उन (उत्तर कोरियाली नेता)

५. अमिताभ बच्चन

६. रशिद खान –अफगानी क्रिकेटर)

७. रिया चक्रवर्ती

८. कमला ह्यारिस (अमेरिकी उपराष्ट्रपति इलेक्ट)

९. अंकिता लोखण्डे

१० कंगना रनौत ।

तपाईको प्रतिक्रिया