खेलाडीलाई खेलकुद सामाग्री वितरण

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, २५ मंसिर ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाका १० वडाका खेलाडीलाई खेलकुद सामाग्री वितरण गरिएको छ । चालु आर्थिक बर्षमा विनियोजित बजेटबाट खरिद गरिएका खेलकुद सामाग्री गाउँपालिकाको कार्यालयबाट वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनायको छ । १० वडामा ३ वटाका दरले ३० वडा भडिबल, २ वटाका दरले २ वडा भडीबलका जाली, २ का दरले भलिवल भर्न प्रयोग हुने पम्प, वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङले जानकारी दिए ।


त्यस्तै, १ का दरले १० वटा ब्याटमिन्टका जाली र ४ वडामा २ वटा फुटबल वितरण प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए । प्रत्येक चालु आर्थिक बर्षमा गाउँपालिकाले वडावडामा खेलाडीलाई सामाग्री वितरण गर्दै आएको छ । गाउँपालिका स्तरीय खेलकुद विकास समितिको आयोजनामा प्रत्येक बर्ष खेलाडीलाई सामाग्री वितरण गरिएको हो ।

सामाग्री वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनकला पुन, प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङ, वडा नम्बर ३ का वडा अध्यक्ष चन्द्र बहादुर के सी, वडा नम्बर ४ का वडा अध्यक्ष लीलाराम बिक, कार्यपालिका सदस्य शेरु बिक, ईलाका प्रहरी कार्यालय बाफिकोटका ईन्चार्ज प्रहरी नायब निरीक्षक तिलक बहादुर शाहीले खेलाडीलाई सामाग्री हस्तान्तरण गरेका हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार