मुख्यमन्त्रीद्धारा कालिकोटमा १५ शैयाको अस्पताल उद्घाटन

कालिकोट, २५ मंसिर ।

कालिकोटको पलाँतामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अस्पताल उद्घाटन गरेका छन् । कालिकोटबाट सदरमुकामसम्म २३ कोष टाढा रहेको साविकको खिन धौलागोह र थिर्पुलाई समेट्ने गरी १५ शैश्याको अस्पताल शाहीले विहीवार अस्पतालको उद्घाटन गरेका हुन् । अस्पतालको नामाकरण पलाँता अस्पताल नामाकरण गरिएको छ ।


अस्पतालले हाललाई डाक्टर सहितको स्वास्थ्य सेवा सुचारु गरेको छ जसमा फार्मेसि, प्रयोगशाला, भिडियो एक्सारे, सादा एक्सारे, ईसिजि सेवा, बहिरङ्ग सेवा, प्रसुती सेवा लगायत अन्य सेवाहरु प्रदान गर्ने अस्पतालका नि.प्रमुख बिनोद कुमार न्यौपानेले जानकारी दिए । कार्यक्रमको अध्यक्षता पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले गरेका थिए । कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय कालिकोटका स्वास्थ्य सेवा व्यवस्थापक डा. भीष्म प्रसाद पोखरेर र राष्कोट सामुदायिक अस्पतालका डा.भोजराज बमको समेत उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार