ताजा खबर
  

खबरदारी श्रृङ्खला : मालपोतले नापीको भवन पाउने, दुई ठाउँबाट रजिष्ट्रशेन सुरु हुँदै

सुर्खेत, २५ मंसिर ।
मालपोत कार्यालय सुर्खेतले साविक नापी कार्यालयको भवन प्रयोग गर्ने पाउने भएको छ । आगामी आइतबारदेखि प्रयोग गर्न मिल्नेगरी भवन पाउने लगभग पक्कापक्की भएको हो । मालपोतले सेवा विस्तारका लागि भवन उपलब्ध गरादिन संघीय सरकार, भूमि व्यवस्था विभाग, कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अनुरोध गरेको थियो ।

सबै निकायले भवन उपलब्ध गराउने सहमति जनाएपछि बुधबार मालपोत कार्यालययले कानूनी प्रक्रिया पुरा गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, वीरेन्द्रनगर नगरपालिका र नापी कार्यालयसँग छलफल थालेको थियो । छलफलमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुकार सुवेदी, १६ वटै वडाका वडाध्यक्षहरु, नापी कार्यालयका प्रमुखले आइतबारदेखि प्रयोग गर्न मिल्ने गरी भवन उपलब्ध गराइदिन अनुरोध गरेको सुर्खेतका मालपोत अधिकृत लक्ष्मी खत्रीले जानकारी दिइन । ‘भवन उपलब्ध गराउने सम्बन्धमा सबै सकारात्म हुनुहुन्छ, सम्भवत आइतबार भवन पाउँछौँ’ उनले भनिन्, ‘भवन उपलब्ध भएको एक हप्तापछि दुई ठाउँबाट सेवा सुरु गर्छाैँ ।’

आइतबार नै भवन प्राप्त भएपनि उपकरणको जडान र व्यवस्थापन गर्न समय लाग्ने लाग्ने छ । भवन पाएको हप्तादिन भित्रै दुई ठाउँबाट रजिष्टे्शनको काम सुरु गर्ने अधिकृत खत्रीले बताइन । साविक नापी कार्यालयमा अहिले उद्योग पर्यटन तथा वन वातावरण मन्त्रालयको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र राखिएको छ । सो कार्यालयमा अहिले एक जना मात्रै कर्मचारी बस्दै आएका छन् ।

भौतिक संरचना अभावका कारण मालपोत कार्यालयले सेवा विस्तार गर्न सकिरहेको छैन । सेवा विस्तार नहुँदा सेवाग्राहीले एक दिनको काम हप्तादिन लगाएर पुरा गर्नुपर्ने बाध्यता छ । यस्तै बुधबार भएको संयुक्त छलफलमा स्थानीय तहबाटसमेत कर्मचारी माग गर्ने सहमति भएको छ । ‘सेवा विस्तार गर्न कति कर्मचारी आवश्यक पर्छ, सोही अनुसार स्थानीय तहबाट पनि कर्मचारी माग गर्ने भनेका छौँ’ खत्रीले भनिन्, ‘सेवा विस्तारका गरेको खण्डमा कर्मचारी अभाव हुन्छ, आवश्यकताका आधारमा स्थानीय तहले कर्मचारी उपलब्ध गराउनुपर्छ ।’


सेवा विस्तारका लागि आवश्यक पर्ने कर्मचारी भेरीगंगा, लेकवेशी, पञ्चपुरी नगरपालिका तथा चिङ्गाड, चौकुने र बराहताल गाउँपालिकाले आपूर्ति गर्नुपर्ने हुन्छ । सेवाग्राहीको अत्याधिक चाप बढेपछि वीरेन्द्रनगर नगरपालिकाले यसअघि नै दुई जना प्राविधिक कर्मचारी मालपोत कार्यालयलाई खटाइ सकेका छ । नगरपालिकाका दुई जना कर्मचारीले हाल बायोमेट्रिक रजिष्टेशनको काम सिकिरहेका छन् ।

त्यस्तै गुर्भाकोट र सिम्ता गाउँपालिकाको सेवा भने मालपोतको मेहलकुना शाखाबाट हुँदै आएको छ । मालपोतले सहज रुपमा सेवा प्रवाह नगरेको भन्दै अधिवक्ता शेरबहादुर खत्रीले उच्च अदालत सुर्खेतमा रिट रादयर गरेका छन् । अदालतले मालपोत कार्यालयसहित प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रशासन र अख्तियारलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्ने आदेश दियो ।

याे पनि पढ्नुहाेस :

मालपोत कार्यालयमा सुधारको प्रयास, थपिए कर्मचारी, भवन पनि मागियो

मालपाेतकाे सेवा प्रवाह पालिका अनुसार बार ताेकियाे

मालपोत कार्यालय सुर्खेतमा सास्ती, सहज रुपमा सेवा नदिएपछि उच्च अदालतमा रिट दर्ता

कहिले सुध्रिएला मालपोतको सेवा ?

मालपोत कार्यालय भष्टाचारको आहाल

मालपोतको सेवा प्रवाह सुधारको माग

सम्पादकीयः मालपोतमा सुधार गर

मालपोत कार्यालयमा बिचौलियाको चलखेल


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार