भेरीबाट बामेखोलासम्म वैकल्पिक सडक खोल्दै छौं

नागरिकले स्थानीय तहमा जनप्रतिनिधि पाएको पनि साढे तीन वर्ष वितेको छ । यो अवधिमा कर्णाली प्रदेशको राजधानी सहर रहेको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा विकास निर्माण, भौतिक पुर्वाधार र सामाजिक सुधारका क्षेत्रमा के कस्ता प्रगति भए ? वडाले नागरिकसँग गरेको प्रतिवद्धता कति पुरा भए ? यही विषयमा केन्द्रित रहेर सहकर्मी गीता थापाले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रत्नबहादुर बुढासँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, वडाध्यक्ष बुढासँग गरिएको कुराकानीको शारासंः

हिजोआज के गर्दै हुनुहुन्छ ?

वडाभित्र पूर्वाधार विकास भइरहेका छन् । तीनै कामको अनुगमन भइरहेको छ । वडाले विनियोजन गरेको बजेटमा उपभोक्त समिति गठन गराउने काम भइरहेको छ । वडामा स्वास्थ्य चौकीको भवन बन्दै छ । त्यसको लेआउट भइरहेको छ । यस्तै काममा व्यस्त छु । वडाको नियमित काम पनि भइरहेको छ । जनताका गुनासा सुन्ने र तिनको समाधानमा लागि परेको छु ।

निर्वाचित भएयता हालसम्म वडामा के–के काम गर्नुभयो ?

मैले हाम्रो वडामा शिक्षा, स्वास्थ्य र पूर्वाधारको कामहरु सबै गरेको छु । बाटो बनाउने काम पनि भएको छ । भेरीदेखि बामेखोलासम्म वैकल्पिक राजमार्ग खोल्ने तयारी गरिएको छ । विभिन्न ठाउँमा पुलहरु निमार्ण भएका छन् । शिक्षाका भवनहरु बनेका छन् । तीन वर्र्षे आएसीएजी कृषि पनि पढाइ हुने भवन बनाउने तयारीमा छौं । पुर्व लाटिकोइली गाविस हो हाम्रो वडा । यहाँ स्वास्थ्यचौकी थिएन । अहिले तीन वटा वडालाई पायक पर्नेगरी स्वास्थ्यको भवन बन्दै छ । खानेपानीको समस्या समाधान गर्न पनि डीपीआर गरेर भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट ल्याएर आकाशे ट्याकी बनाउने टेण्डर प्रक्रिया हुँदैछ । नवज्योती संस्था र वडा कार्यालयको सहकार्यमा उपत्यका खानेपानी विकास संस्थामा जाने तयारी छ ।

काम गर्नलाई कत्तिको चुनौती रहेछ नी ?

हाम्रो वडामा मुख्य चुनौती भनेको बाटोको लगत कट्टा नुहुँनु नै हो । पहिलेदेखि भोग गर्दै आएको जग्गा बाटोका लागि दिन नमान्दा बाटो बनाउन समस्या भएको छ । दिपनगर हुँदै बामेखोलासम्मको सडक कालोपत्रे भएको छ । उक्त बाटो गराउँदा हामीले सर्वाच्चमा मुद्दा अहिलेसम्म खेप्नु परेको छ । न्यायालयबाट पनि हामीले पाउनुपर्ने न्याय पाएका छैनौं । सबैभन्दा ठुलौ चुनौती भनेको बाटोको लगत कट्टा नहुँनु नै हो ।

तपाइँको वडामा मुख्य समस्याहरु के–के छन् ?

हाम्रो वडाको मुख्य समस्या भनेको बाटो निमार्ण गर्दा हुने विवाद नै हो । बाटो लगत कट्टा नहुँदा समस्या भइरहेको छ । जग्गा धनीसँग धेरै नै छलफल गर्नुपर्ने र कसैले त मुद्दासमेत हाल्ने गरेका छन् । यसले गर्दा समस्या हुने गरेको छ । सहमतिका बाटोहरुमा भने दलालहरुले जग्गा विक्रि वितरण गर्ने भएकाले जग्गा देखाउने र विक्रि गर्ने बाटो लगत कट्टा नगर्ने हुँदा पछि जग्गा धनीले बाटो नदिने हुँदा समस्या हुने गरेको छ ।

वडामा देखिएका समस्या समाधान कसरी गर्नु भएको छ ?

उक्त समस्या समाधानका लागि नगरपालिकाको नीति नियम बनाएको छ । पछिल्लो समय नगरपालिकाले जग्गा किनबेच गर्दा पहिला बाटो लगत कट्टा गरेपछि मात्र पास गर्ने नियम बनाएको छ । जग्गा किनबेच हुँदा नगरपालिकाले ४ मिटर पुर्व र ४ मिटर पश्चिमतर्फ बाटो छुट्याउनुपर्ने भएकाले अहिले बाटो निमार्ण गर्दा केही हदसम्म सहज भएको छ ।

हालसम्म गरेका राम्रा पाँच वटा काम बताईदिनुस् न ?

हामीले वीरेन्द्रनगर प्रवेश गर्ने वैकल्पिक राजमार्ग निमार्ण गर्ने तयारीमा छौं । भेरीदेखि बामेखोलासम्म वैकल्पिक राजमार्ग खोल्ने तयारीमा छांै । हाम्रो वडामा चार वटा पुलहरु बनेका छन् । शिक्षाका भवनहरु बनेका छन् । तीन वर्षे आएसीएजी कृषि पनि पढाइ हुने भवन बनाउने तयारीमा छौं । हाम्रो स्वास्थ्यचौकी थिएन । अहिले तीन वटा वडालाई पायक पर्नेगरी स्वास्थ्यको भवन पनि बन्दै छ । खानेपानीको समस्या समाधान गर्न पनि डीपीआर गरेर भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट ल्याएर आकाशे टंकी बनाउने टेण्डर प्रक्रिया हुँदैछ ।

मत माग्न जाँदा जनतासँग गरेको प्रतिवद्धता कति पुरा भए त ?

मैले जनतासँग भोट माग्न जाँदा गरेको प्रतिवद्धता पुरा गरेको छु । अहिलेसम्म ८० प्रतिशत कामहरु सम्पन गरी सकेका छौं । स्वास्थ्यचौकी निमार्ण गरेका छौं । शिक्षाको गुणस्तरमा सुधार गरेका छांै । विकास निमार्णका कामहरु पनि भएका छन् । पुलहरु बनेका छन् । केही काम गर्न बाँकी छन् । तीनै काम सम्पन्न गर्न हामी खटिरहेका छौं । जनताले मलाइ अहिलेसम्म हामीसँग प्रतिवद्धता गरेको काम पुरा गरिनस् पनि भन्नु भएको छैन । मेरो काम प्रति मेरो वडाबासी सन्तुष्ट हुनुहुन्छ । अबको बाँकी कार्यकालमा बाँकी रहेका कामहरु पनि पुरा गर्नेछांै ।

अबका योजनाहरु के के छन् नी ?

हाम्रो अबको योजना भनेको वडामा १० देखि १५ शैयासम्मको स्वास्थ्यको भवन बनाउने रहेको छ । स्वास्थ्य भवन बन्ने क्रममा पनि छ । बाटोको निकास गर्न बाँकी छ । चक्रपथहरुभित्र पर्ने सबै बाटोहरु कालोपत्रे गर्ने हाम्रो योजना रहेको छ । हाम्रो वडाका किसानहरुलाई व्यवसायिककरण गर्ने योजना छ ।

तपाईको प्रतिक्रिया