असाहय बालवालिकालाई न्यानो कपडा

सुर्खेत, २३ मंसिर ।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्वर ९ का समाजसेवी युवराज गौतमले असाहय तथा विपन्न परिवारका बालवालिकालाई न्यानो कपडा वितरण गरेका छन् । मंगलवार एक कार्यक्रमका बीच गौतमले बालवालिकालाई न्यानो कपडा वितरण गरेका हुन् ।

गुर्भाकोटमा रहेको सरस्वती मावि विद्यालयमा अध्ययन गर्ने १३ जना बालवालिकालाई न्यानो कपडा वितरण गरिएको हो । चिसो मौसम सुरु भएसँगै असाहय र कमजोर आर्थिक अवस्था भएका बालवालिकाले कष्टकर जिवन बिताउनुपर्ने अवस्थालाई मध्यनजर गरी न्यानो कपडा वितरण गरिएको समाजसेवी गौतमले बताए । ‘यस विद्यालयमा अध्ययन गर्ने असाहय र विपन्न परिवारका बालवालिकालाई न्यानो कपडा स्वीटर वितरण गरेको छु’ गौतमले भन्नुभयो, ‘ विपन्न परिवारका बालवालिकाहरु एकसरो कपडामै विद्यालय आएको देखेर न्यानो कपडा वितरण गरिएको हो ।’

चिसो समयमा विपन्न बालवालिकालाई यसले केही राहत हुने गौतमको भनाई छ । न्यानो कपडा वितरण कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया