सुर्खेतकी श्रुतिले जितिन् स्वर्ण

सुर्खेत, २३ मंसिर ।

सुर्खेतकी श्रुति कार्कीले भारतको महाराष्ट्र राज्यको अमरावतीमा भएको पावर लिफ्टिङ वल्र्ड कप–२०२० मा २ स्वर्ण पदक जितेकी छन् । मंसिर १९ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको पावर लिफ्टिङ व्लर्ड कप–२०२० मा श्रुति नेपालको तर्फबाट सहभागिता जनाउने एक्ली महिला समेत हुन् ।

२२ गते भएको फाइनल खेलमा नेपालको प्रतीनिधित्व गरेकी बडिबील्डर खेलाडी श्रुतिले नेपालको झन्डा फहराउन सफल भई देशको लागि २ वटा गोल्ड मेडल जितेर राष्ट्रकै नाम राख्न सफल भएकी छन् । मिडवेस्र्टन फिटनेस सेन्टरका सञ्चालक एवंम् प्रशिक्षक प्रमोद हमालले खेलकुदका पुर्बाधार भएको खण्डमा कर्णालीका खेलाडीहरूले पनि पदक दिलाउन सक्छन् भन्ने श्रुति जलन्त उदाहरण भएको बताए ।

भारतमा सञ्चालन हुने विश्व पावर लिफ्टिङ प्रतियोगितामा सहभागी जनाउनका लागि मंसिर १५ गते सोमबारका दिन श्रुति कार्की बिहान ७ बजेको बसबाट प्रस्थान गरेकी थिइन् ।

प्रतियोगितामा कर्णाली प्रदेश सुर्खेतकी सुत्रि कार्की (५५केजी), गण्डकी प्रदेश पोखराका हसन गुरुङ (८० केजी), राजेश सुवाल (९०केजी), सुजन आले (७५केजी), आशिष आले (१००केजी) तौल सम्म प्रतिस्पर्धा गरेका थिए । जस अन्तर्गत जुनियर क्याटोगेरेटी १ र ओभलअलमा १ गोल्ड मेडल गरी २ वटा स्वर्ण पदक कार्कीले प्राप्त गर्न सफल भइन् । अजिस आलेमगरले १ स्वर्ण पदक हासिल गर्न सफल भएका छन् । यसै गरी नेपालले सिनियर क्याटोगेरेटीमा ३ वटा सिल्भर मेडल प्राप्त गरेको छ, जस अन्तर्गत राजेश सुवालले १ र सुजन आले १ मेडल प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया