ताजा खबर
  

सिंहका दुई पुस्तक बजारमा

सुर्खेत, २३ मंसिर ।

सुर्खेतका लेखक एवम् अग्रज पत्रकार पृथ्वीबहादुर सिंहका दुई पुस्तक बजारमा आएका छन् । उनले समृद्धिको लहरीमा कर्णाली नियात्रा संगालो र शहिदको सपना कविता संग्रह बजारमा ल्याएका हुन् । दुबै पुस्तकहरु आइतबार एक कार्यक्रमका बीच विमोजन गरिएको छ ।


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले संयुक्त रुपमा विमोचन गरेका हुन् । बांगमय चौतारी नेपाल र साहित्य निकेतनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा लेखक तथा साहित्यकारहरुले कविता, गजल, हाइकु जस्ता रचना समेत बाचन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार