४ तस्बिरमा हेर्नुहोस् श्वेता र विजयेन्द्रको विवाह

काठमाडौँ, २२ मंसिर ।

अभिनेत्री श्वेता खड्काले सोमबार धनगढीका विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । परिवार र नजिकका आफन्तबीच उनले सोमबार काठमाडौंको गोकर्णमा बिहे गरेकी हुन् ।


अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन् । श्रेष्ठको २०७१ साउन २५ गते असामयिक निधन भएको थियो । श्वेतासँग बिहे भएको २ दिनमै श्रीकृष्ण बिरामी भएसँग अभिनेता श्रेष्ठको उपचारकै क्रममा २०७१ साउन २५ गते उनको निधन भएको थियो ।

आइतबार खड्काले मेहेन्दीका तस्बिरहरु सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएकी थिइन् । श्रीकृष्णसँगै ‘कहाँ भेटिएला’मा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी श्वेताले ‘कोहिनुर’, ‘कान्छी’ मा पनि अभिनय गरेकी छिन् । अभिनयसँग व्यवसायमा पनि व्यस्त खड्काले समाजसेवीको छवि पनि बनाउँदै गएकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार