बोक्सी भन्दै दुर्व्यवहार गर्ने तीन जनालाई कैद सजाय

सल्यान, २२ मंसिर ।

बोक्सी भन्दै दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत सल्यानले कैद तथा जरिवाना तोकेको छ ।


शारदा नगरपालिका–१ का २३ वर्षीया जयन्ती खड्का, २१ वर्षीया सरिता खड्का र २४ वर्षीया गीता खड्कालाई कैदमा राख्ने फैसला गरिएको हो । जयन्तीलाई ६ महिना कैद र ५ हजार जरिवाना, सरिता र गीतालाई जनही तीन महिना कैद र पाँच सय रुपैयाँ जरिवाना तोकिएको जिल्ला अदालतका स्रेस्तेदार हेमन्त ज्ञवालीले बताए ।

उनीहरूले गत भदौ ५ गते स्थानीय ६० वर्षिया महिलालाई बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेका थिए । प्रहरीले तीनै जनालाई असोज १२ गते पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया