विपद्बामा मृत्यु भएका परिवारले राहत पाउने

सुर्खेत, २१ मंसिर ।

कर्णालीमा चालु आर्थिक वर्षमा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपबाट मृत्यु भएका २३ जनाका परिवारले राहत पाउने भएका छन् । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद् तथा सडक दुर्घटनामा मृत्यु भएका २३ जनाका परिवारलाई राहत दिने भएको हो । विपद्मा धेरै नागरिले ज्यान गुमाए पनि पहिलो चरणमा आवश्यक कागजात पुगेको २३ जनाका परिवार तथा आफन्तलाई मात्रै राहत दिन लागिएको हो ।

गएको विहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्बाट मृत्यु भएका २३ जनाका परिवारलाई ४६ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयबाट मृतकको पहिचान तथा दोहोरो नपर्ने शर्तमा राहात सुविधा उपलब्ध गराउने आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्णय मन्त्रीपरिषद्ले स्वीकृत गरेको प्रदेश सरकारका प्रवत्ता एवम् भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया