सहिदका परिवार सम्मानित

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, २१ मंसिर ।

रुकुमपश्चिमको बाफिकोट गाउँपालिकामा ८५ जना सहिद सम्मानित भएका छन । १० बर्षे जनयुद्दमा राज्य र बिद्रोही दुवै तर्फ बाट मारीएका सहिदका आफन्तलाई सम्मान गरिएको सहिद परिवार समाज बाफिकोटले जनाएको छ ।

१० वटै वडाका सहिद परिबार संग परामर्श गरि सहिदका आफन्तलाई सम्मान गरिएको हो । सहिद परिवारकी मंगली खत्रीले भनिन्, ‘हामीले अहिलेसम्म आँसु बगाएर उनीहरुको सपना पुरा गर्न सकेनौ ।’ सहिदकै रगतले देश राजतन्त्रबाट गणतन्त्रमा आएको खुसि गर्दै स्थानीय र प्रदेश सरकारले सहिदका निम्ति भनेर भरपर्दो कार्यक्रम नल्याएको गुनासो गरिन् । देश अहिले संघीय गणतन्त्रमा ढल्केको कुरा गर्दै कुनै पनि सरकारले सहिदको सपना पुरा नगरेको मंगली खत्रीले बताइन् ।

दुवै तरिकाले सहिद भएका परिबारले अहिले सम्म राहात नपाएको गुनासो गरेका छन् । बाफिकोट गाउपालिका वडा नम्बर १ पालाकोटका बिरसिहं चन्द २०५८ साल कार्तिक २२ गत्ते तत्कालिन नेपालि सेनाले अपहरण गरि हत्या गरेको थियो । बिरसिहं कि बहिनि गोमा चन्द बिकले वडा पालिका र गाउपालिकाबाट सम्मान र अभिनन्दन मात्र गरेको र नेपाल सरकारले दिने भनेको १० लाख राहात आफु र आफ्ना भाउजु र भतिजाहरुले नपाएको दुखेसो पोखिन ।

सहिद परिवार समाज बाफिकोटको आयोजनामा गाउपालिका भरिका ८५ जना सहिद सम्मानित भएका छन । जिल्ला समन्य समिति रुकुम पश्चिमकी उपप्रमुख ईन्द्रिरा बुढा मगरले सहिदका परिवारलाई ७ लिटरको कुकरप्रेसले सम्मान गरेकी हुन र गाउपालिकाको वडा नम्बर ४ छिनखेतको ल्याप भबनमा १ कार्यक्रमका बीच सम्मान गरेकी हुन ।

सहिद परिबार समाज बाफिकोट गाउपालिकाका अध्यक्ष धन बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा समन्य समितिकि उपप्रमुख ईन्द्रिरा बुढा मगर प्रमुख आतित्यता रहेको थियो । त्यस्तै नेकपाका केन्दीय सदस्य बसन्त शर्मा, प्रदेश कमिटि सदस्य महेन्द्र के सी, पार्टीका जिल्ला सचिब बिमल कुमार पुन, त्रिबेणी गाउपालिका उपाध्यक्ष निर्मला बिस्ट, बाफिकोट गाउँपालिकाका सबै वडा सदस्यहरु , कार्यपालिका सदस्यहरु, वडाका वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । सम्मान भएपछि सहिदका आफन्त खुसि भएका छन् । कार्यक्रमको संचालन सहिद परिबार समाज बाफिकोटका सचवब भुपाल बुढाले गरेका थिए ।

तपाईको प्रतिक्रिया