कर्णालीमा थप एक कोरोना संक्रमितको मृत्यु

सुर्खेत, २१ मंसिर ।

कर्णाली प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरूष रहेका छन् । होम आईसोलेशनमा रहेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो ।

मंसिर ९ गते कोरोना पुष्टि भएका ती पुरूषको शनिबार राति ८ः३७ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

उनको शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको उनको भनाइ छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या २० पुगेको छ ।

तपाईको प्रतिक्रिया