जसले बाल्यकालको सपना पुरा गरे

हरेक व्यक्तिले आफ्नो भविष्यका लागि केही न केही योजना बनाएका हुन्छन् । फरक यति मात्र हा,े कसैको योजना सफल हुन्छन् त कसैको हुँदैनन् । जो व्यक्ति मेहेनत र परिश्रम गर्छ, त्यो व्यक्तिको योजना नै सफल हुन्छ । यस्तै बाल्यकाल देखिको सपना र योजना पुरा गर्न सफल व्यक्ति हुन् झक्कडबहादुर पुलामीमगर । हाल सुर्खेतको सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्थामा मुख्य व्यवस्थापकको रुपमा कार्यरत उनै पुलामीसँग हाम्रा सहकर्मी गीता थापाले आजको जम्काभेटमा कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको साराशंः

बाल्यकालमा जिज्ञासु

बुवा पदमबहादुर पुलामी र माता बलिसरा पुलामीको कोखबाट वि.स.२०३४ सालमा साविकको लेखगाउँ गाविस हाल बराहताल गाउँपालिकाको वडा नम्बर १० सुर्खेतमा जन्मिएका झक्कड पुलामी मगरको बाल्यकाल रमाइलोसँग वित्यो । गाउँमा भएकाले उनी विहान र साँझ घरको काममा सघाउने र दिउँसो स्कुलमा पढ्न जाने गर्थे । उनी बाल्यकालमा अलि बढी जिज्ञासु स्वभावका थिए । केही नयाँ काम गर्न मन पराउने । नयाँ नयाँ कुराको खोजी गर्ने उनको स्वभाव थियो ।

पढाइ

प्रावि घनिगाडमा पढेका पुलामीले सरस्वती मावि सिरुपाटाबाटा एसएलसी उर्तिण गरेका हन् । पछि उनी वीरेन्द्रनग पढ्न आए । सुर्खेत शिक्षा क्यापसबाट उनले स्नातक उर्तिण गरे । उनको बाल्यकाल देखिको रुची अर्थशास्त्र विषय पढ्ने थियो । त्यसैले उनले स्नातकमा अर्थशास्त्र विषय नै लिएर पढे ।

जागिरको सुरुवात

उनले २०५४ सालबाट जागिरकोे सुरुवात गरेका हुन् । उनले सुरुमा प्रोजेक्बाट जागिरको सुरुवात गरेको थिए । दुईवर्ष उनले प्रोजेक्टमा काम गरे । पछि उनी २०५८ सालदेखि सिदार्थ बहुदेश्यिय सहकारीमा आवद्ध भए । २०५८ सालदेखि उनी सिदार्थ बहुउदेश्यिय सहकारी सस्थामा आवद्ध नै छन् । सुरुमा उनले उक्त सहकारीमा ६ महिना लेखापालको रुपमा काम गरे । त्यसपछि उनी व्यवस्थापक भएका हुन् । अहिले पनि उनी व्यवस्थापककै रुपमा कार्यरत छन् ।

उनीसहित ८९ जनाको सेयर लगानीमा उक्त सहकारी सुरु भएको हो । अहिले सहकारीमा तीन हजार सातसय ३६ जनाको सेयर लगानी छ । अहिले सहकारीले मुख्य कार्यालयसहित सदस्यका लागि चार वटा शाखा कार्यालयबाट सेवा दिँदै आइरहेको छ । सहकारीको मुख्य कारोवार भनेको नै बचत र ऋण नै हो । यो बाहेक सहकारीले रेमिट्यान्स सेवा पनि दिँदै आइरहेको छ । इसेवाबाट पनि सदस्यहरुलाई सुविधा दिँदै आएको छ । यस्तै सहरकारीले सदस्यहरुलाई व्यवसायिक बनाउनका लागि विभिन्न तालिमहरुको पनि व्यवस्था गरेको छ ।

क्षमता अभिवृद्धिका तालिम पनि दिइरहेको छ । महिला सशक्तिकरण सम्बन्धी तालिम, समुहहरुको नेतृत्व विकासका लागि तालिमहरु गर्दै आइरहेको छ । सदस्यहरुलाई रोजगारमा लगाउनका यो वर्ष कुखुरापालन सम्बन्धी तालिम दिएर कुखुरापालनमा जोड्ने कार्यक्रम ल्याएको छ । पुलामी भन्छन्, ‘हामीले सेयर सदस्यहरुलाई व्यवसायिक बनाउनका लागि बढी कृषिमा जोड दिँदै आइरहेका छौ र आगामी दिनमा पनि कृषिमा जोड्ने विभिन्न योजनाहरु ल्याएका छौ ।’ सहकारीले उपत्यका बाहिरबाट सेयर सदस्य बन्न चाहेमा दुई हजार र उपत्यका भित्रबाट सेयर सदस्य बन्न चाहेमा पाँच हजार लिने गरेको छ ।

सहकारीको एकसय २७ बचत समुह रहेका छन् । १८ वटा कुखुरा पालन समुह रहेका छन् भने एउटा बाख्रापालन समुह रहेको छ । बचत र ऋणमात्र गर्ने गरेको सहकारीले पछिल्लो समय सेयर सदस्यहरुलाई व्यवसायिक बनाउन विभिन्न रोजगार मुलक कार्यक्रमहरु ल्याएको छ । दश लाख ५० हजार सेयर उठाएर सुरु भएको सहकारीको ८० करोड पँुजी रहेको पुगेको छ ।

बाल्यकालको सपना पुरा

सबैको बाल्यकालमा भविष्यका लागि केही योजनाहरु हन्छन् । कसैको डाक्टर बन्ने, पाइलट, इन्जिनियर इत्यादी बन्ने सपना तथा योजनाहरु हुन्छन् । यस्तै पुलामीले पनि बाल्यकालदेखि दुई वटा योजना बनाएका थिए । की स्वास्थ्य सेवामा लाग्ने की आर्थिक क्षेत्रमा लाग्ने । उनको ती दुई योजना मध्ये एउटा पुरा भयो आर्थिक क्षेत्रमा लाग्ने । उनी बाल्यकालदेखि नै नयाँ नयाँ कुरामा बढी चासो दिने र जिज्ञासु स्वभावका थिए । उनको बाल्यकालदेखि नै अलि बढी लगाव आर्थिक विषयमा थियो । त्यसैले पनि होला उनले स्नातकमा अर्थशास्त्र विषय लिएर पढे । पछि उनी वित्तिय क्षेत्रमै लागे । उनको रुचीको क्षेत्र वित्तिय सहकारीमा उनी आवद्ध भए । उनी २०५८ सालदेखि सिदार्थ सहकारी संस्थामा आवद्ध भएका पुलामीले उक्त सहकारीको हाल व्यवस्थापकको जिम्मेवारी सम्मालिरहेका छन् । उनको रुचीकै क्षेत्रमा उनी अहिले सफल पनि भएका छन् ।

सहकारीको भावी योजना

विशेषगरी कृषि र सदस्यहरुको उत्पादनलाई बजारीकरण गर्ने योजनामा सहरकारी छ । त्यसका लागि डिपाटमेन्टल स्टोर बनाउने योजनामा सहकारी रहेको छ । सहकारीले सञ्चालन गर्न सक्ने क्षेत्रको सम्भाव्यता अध्ययन गरिरहेको पुलामीको भनाइ छ । पुलामीका अनुसार सिदार्थ सहकारीलाई सुर्खेतको नमुना सहकारी बनाउने योजना रहेको छ । अहिले सहकारीमा बचत र ऋण मात्र रहेको छ । अब यसलाई बढाउँदै सहकारीलाई व्यवसायकै रुपमा कृषिमा लागानी गर्ने योजना छ । त्यसका लागि पहिलो कार्यक्रम कुखुरापालनलाई जोड दिएको पुलामीको भनाइ छ ।

तपाईको प्रतिक्रिया