मालपोतको सेवा प्रवाह सुधारको माग

सुर्खेत, १९ मंसिर ।
मालपोत कार्यालयको सेवा सुधार गर्न माग गर्दै ज्ञापन पत्र पेश गरिएको छ । साझा पार्टी कर्णाली प्रदेश समितिले मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरेन्द्रनगर नगरपालिकामा ज्ञापन पत्र पेश गरेको हो ।

मालपोत कार्यालयको पछिल्लो घटना प्रमुख समस्या भएकाले तत्काल सुधारगर्न ध्यानाकर्षण पत्र बुझाईएको हो । नागरिकलाई सहज सेवा प्रवाह गर्न नसेकि मालपोतले विचौलियाहरुलाई प्रोत्साहन गरिरहेको आरोप लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझ्दै समस्या समाधान गर्न सबै विकल्पहरु खोजि भई समस्या समाधान गर्न विद्युतीय उपकरण र जनशक्ति थप गर्ने गरी प्रयासहरु भैरहेका छन् ।

साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्र प्रसाद दाहालले तीन वटै निकायमा ज्ञापन पत्र पेश गरेका थिए । माग पत्रमा तत्काल जनशक्ति र प्रविधि मैत्री साधन स्रोत जडान गर्नुपर्ने, सेवा प्रवाहलाई टोकको विधिबाट व्यवस्थित गराउनुपर्ने र दिनभरी लाइनमा बस्ने बृद्धि, अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष सुविधा दिनुपर्ने माग गरिएको छ ।

तपाईको प्रतिक्रिया