राजतन्त्र पुर्नवहालीको माग गर्दै सुर्खेतमा प्रदर्शन

सुर्खेत, १८ मंसिर ।

कणाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राजतन्त्र पुर्नवहालीको माग गर्दे प्रदर्शन भएको छ । स्वतन्त्र नागरिक संघर्ष समितिको आयोजनामा बिहीबार (आज) वीरेन्द्रनगरको कालुञ्चोकबाट निकालिएको ¥याली दैलेख रोड हुँदै मंगलगढी चौक, मुख्यबजार, भैरवस्थान हुँदै वीरेन्द्रचोक पिपल चौतारामा कोण सभाको आयोजना गरिएको हो ।

 प्रर्दशनमा उत्रेका सहभागीले ‘राजा आउ देश बचाऊ’, २ हजार ७२ को संविधान खारिज गर, २ हजार ४७ को संविधान लागू गर र गणतन्त्र धोका हो, लगायतका नारा लगाउँदै मोटरसाईकल ¥याली निकालिएको थियो । मुलुकमा राजसंस्था पुर्नस्थापना नभएसम्म स्थिरता र मुलुकको प्रतिष्ठा कायम हुन नसक्ने कोणसभामा राजसंस्था पक्षधर नेताहरुले दाबी गरे ।

पछिल्लो समय दलीय राजनीतिप्रति नागरिकको वितृष्णा पैदा भएकाले राजसंस्थाको पुर्नस्थापना अपरिहार्य भएको उनीहरुको भनाइ थियो ।

तपाईको प्रतिक्रिया