१५ अंकले झर्‍यो सेयर बजार

काठमाडौं, १८ मंसिर ।

करिब १ महिनापछि सेयर बजारको परिसूचक नेप्सेमा ‘करेक्सन’ आएको छ। साताको अन्तिम दिन बिहीबार परिसूचक १५. ५७ अंकले घटेको छ। सो अंकको गिरावटपछि २०५५ अंकमा कायम भएको छ। कारोबार खुलेको ९ मिनेटमै परिसूचक २११८ अंकसम्म पुगेको छ। त्यसपछि मन्द गतिमा बजार ओर्लिँदै गएको हो।

नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने बढेको छ। यस दिन ८ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। अघिल्लो दिन ७ अर्ब ३७ करोडको कारोबार भएको थियो।

त्यस्तै बैंकिङ ८. ७, ब्यापार १६०, होटल ८. ३, विकास बैंक २०।३, फाइनान्स ६।७, निर्जीवन बीमा १६६, उत्पादन ७२, अन्य १९ र जीवन बीमा समूह २५८ अंकले घटेका छन्।

एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूह, माथिल्लो तामाकोसी, नेपाल सेवा लघुवित्तको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी १ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ। एउटै कम्पनीको साधारण सेयर १ अर्ब बढीको कारोबार भएको पहिलो पटक हो।

कम्पनीको उच्च कारोबार हुँदा मूल्य पनि प्रतिकित्ता २३ रुपैयाँले घटेको छ। इस कम्पनीको मूल्य प्रतिकित्ता १ हजार ७३५ मा झरेको छ। त्यस्तै दोस्रो उच्च कारोबार हुने कम्पनीमा नेपाल टेलिकम रहेको छ। सो कम्पनीको ४२ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भयो।

कम्पनीको मूल्य प्रतिकित्ता ७ रुपैयाँले घटेर १२८५ रुपैयाँ कायम भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ३० करोडको कारोबार भयो। प्रतिकित्ता ४२ रुपैयाँले मूल्य घटेर १२८५ रुपैयाँ कायम भएको छ।

यस दिन विशाल बजार कम्पनीको मूल्य सबैभन्दा धेरैले घटेको छ। सो कम्पनीको मूल्य ६. ९७ प्रतिशतले घटेको छ। मूल्य प्रतिकित्ता ३१९० कायम भएको छ। त्यस्तै साल्ट ट्रेडिङको मूल्य ६. ९४ प्रतिशतले घटेको छ। सो कम्पनीको मूल्य प्रतिकित्ता ५७०० रुपैयाँ कायम भएको छ। बोटलर्स नेपालको मूल्य ५. २ प्रतिशतले घटेको छ। रसुवागढी हाइड्रोको मूल्य ५ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया