जन्मदिनमा वेसाहारा दलित बालबालिकाको पढाइमा जयन्तीको सहयोग

सुर्खेत, १८ मंसिर ।

युवा समाजसेवी जयन्ती थापाले आफनो जन्म दिनमा जाजरकोटका वेसाहारा दलित वालवालिकाहरुलाइ पढाइका लागि विभिन्न सामाग्रीहरु सहयोग गरेकी छिन् । जिल्लाको छेडागाड नगरपालिका वडा नम्वर १२ कार्कीगाउँका चार जना आमा वुवा नभएका वेसाहारा वालवालिकाहरुलाइ पढाइका लागि विभिन्न सामाग्रीहरु मंगलवार हस्तान्तरण गरिएको छ ।

जयचन्द्र मिडिया ग्रुप प्रालिद्धारा सन्चालित कुशेमालिका अनलाइनको समन्वयमा समाजसेवी जयन्ती थापाले ती वालवालिकाहरुको पढाइ सहयोगका लागि उपलव्ध गराएका सामाग्रीहरु नारायणी माध्यमिक विद्यालय कार्कीगाउँमा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो । समाजसेवी थापाले गत तीन वर्ष देखि पढाउने जिम्मा लिएका छेडागाड नगरपालिका वडा नम्वर १२ चैते टाकुराका प्रतिभा परियार, जय परियार, पुष्पा परियार, सन्तोष परियारलाइ विद्यालय पोषाक, जुत्ता मोजा, स्वीटर, किताव लगाएतका शैक्षिक सामाग्रीहरु र नगद रकम लगाएतको सहयोग उनीहरुकै गाउँमा पुगेर नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष एवम कुशेमालिका अनलाइनका सम्पादक जनक केसीले हस्तान्तरण गरेका हुन् ।

नारायणी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेशकुमार वस्नेत, अनलाइनका सम्पादक केसी र अभिभावकहरुले जयन्तीवाट प्राप्त सहयोग ती वालवालिकाहरुलाइ वितरण गर्नुका साथै जन्म दिनको केक समेत वाँडेका थिए । कार्यक्रममा वोल्दै विद्यालयका प्रधानाध्यापक वस्नेतले अमेरीकामा वसेर जाजरकोटका विपन्न वेसाहारा वालवालिकाहरुलाइ सहयोग गर्ने जयन्तीको समाजसेवी कार्यको प्रशंसा गरे । विदेशी भुमिमा रहेर पनि नेपाल र नेपालीको हित र सहयोगमा चिन्तित जयन्ती सवैको लागि प्रेरणाको श्रोत भएको प्रधानाध्यापक वस्नेतले वताए ।

यस्तै कुशेमालिका अनलाइनका सम्पादक एवम नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष केसीले विदेशी भुमिवाटै दुख आपतमा परेका नेपालीको सहयोगमा सक्रिय जयन्तीवाट अरुले पनि केहि न केहि सिक्नु पर्ने वताए । आफनो व्यक्तिगत लगानीमा विपन्न र वेसाहारा वालवालिकाहरुलाइ पढाउने, गरिवहरुलाइ विभिन्न सहयोगहरु दिने जयन्तीको सोच र काम देश प्रेमले भरिएको केसीले वताए । यस्तै जयन्तीको सहयोगले आफना भाइवहिनीहरुको पढाइ र घरको समस्या समाधानमा समेत सहयोग पुगेकोेले ती वालवालिकाकी दिदी तुल्सी परियारले बताइन् । हाम्रा लागि जयन्ती दिदी भगवान भएर आउनु भएको छ उनले भनिन् । आमा र वुवाको साथ नपाए पनि जयन्ती दिदीको साथ पाएका छौं थापाको सहयोग पाएकी प्रतिभा परियारले भनिन् ।

जयन्तीले सहयोग गरेका चार वेसाहारा दलितहरु मध्य प्रतिभा ११ कक्षामा पढ्छिन् भने जय परियार ८ कक्षामा, पुष्पा ६ कक्षामा र सन्तोष ४ कक्षामा पढिरहेका छन् । उनीहरुलाइ थापाले गत तीन वर्ष देखि शैक्षिक सामाग्री, पढाइ शुल्क, कहिले काहि खाद्यन्न सहयोग दिइरहेकी छिन् । दिन दुखीको सहयोग नै असली धर्म भएकोले आफुले दुखेका नेपाली मनहरुमा मलम लगाउने प्रयास गरिरहेको जयन्तीले वताइन् ।

विदेशी भुमिमा आफनो भौतिक शरिर भएपनि मन ध्यान सवै नेपाली माटो र नेपाली जातितिर नै भएको जयन्ती वताउछिन् । समाजसेवी थापाले जाजरकोटका चार जना वेसाहारा दलित वालवालिका सहित रुकुम, सुर्खेत दैलेख लगाएतका दुई दर्जन वढी साहाराविहिन वालवालिकाहरुलाइ आफनो व्यक्तिगत खर्चमा पढाइरहेकी छिन् भने विभिन्न प्रकोप र समस्याले पिडित हुने महिला, वालवालिका र जेष्ठ नागरिकहरुलाइ विभिन्न सहयोगहरु निरन्तर दिने गरिरहेकी छिन् ।

तपाईको प्रतिक्रिया