सल्यानमा यात्रुबाहक बस र्दुघटनाः गम्भीर घाइतेलाई नेपालगञ्ज पठाइयो

दुर्गा विसी ।

सल्यान, १७ मंसिर ।

सल्यानमा यात्रुबाहक बस र्दुघटना हुदाँ ६ जना गम्भिर घाईते भएका छन् । नेपालगन्ज बाट रुकुम चौरजाहारी तर्फ जादै गरेको ना ४ ख ६७१५ नम्बरको भेरि राप्ती यातायात प्रालिको यात्रुबाहक बस जिल्लाको कुमाख गाउँपालिका २ खारखोला गाजिया चौरमा र्दुघटना भएको जनाए छ । गाडी सडक देखि ३० मिटर तल खसेको छ भने ६ जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

गम्भिर घाईते हुनेहरुमा कुमाख गाउँपालिका ४ बस्ने बर्ष ४० की देबि बुढाथोकी, सोही ठाउँ बस्ने १३ बर्षिय उत्तम बिसि, बर्ष ५० की छायाँ सोही, रुकुम पश्चिम चौरजाहारी नगरपालिका, १ बस्ने बर्ष ३८ की साहुनी गोसाई, सोही ठाउँका बर्ष ४० का खडक बहादुर गोसाई, र कुमाख गाउँपालिका १ का बर्ष १५ का निम बहादुर बुढाथोकी रहेको प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिनुभयो ।

घाइते २५ जना सवार रहेको बस दिउसो करिब ४ः२० मा र्दुघटना भएको उनले जानकारी दिए । अन्य सामान्य घाईते भएकोलाई रुकुम पश्चिम चौहरजारी पठाएको जनाएको छ । गम्भिर घाईतेहरुलाई उपचारको लागि नेपालगन्ज पठाईएको प्रहरीले जनाएको छ । बसका चालक र सहचालक भने फरार रहेको जनाएको छ । उद्धारमा रागेचौर ईलाका प्रहरि र नेटा प्रहरी पोष्टको टोलिले घाइते सबैलाई उद्दार गरेको थियोे भने सबैलाई उपचारको लागि सम्बन्धि क्षेत्र तर्फ पठाएको खबर छ ।दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया