बनगाडमा १५ शैयाको नगर अस्पताल शिलान्यास

दुर्गा विसी ।

सल्यान, १५ मंसिर ।

सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको देवस्थल सल्यानमा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ । कार्यक्रम स्वास्थ्य राज्य मन्त्री नवराज रावतले भव्य कार्यक्रमका विचमा उक्त नगर अस्पतालको शिलान्यास गर्नु भएको छ । कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले स्वागत मन्तव्य राखेका थिए । २०७६ साल फाल्गुनमा उक्त नगरपालिकाको प्राङ्गणमा पुगेर सल्यान पश्चिमलाई १५ शैयाको नगर अस्पताल स्थापना गरिदिने वाचा गरे अनुसार उनले त्यो वाचा पूरा गरेकोमा अस्पताल शिलान्यासमा खुसि व्यक्त गरेका थिए ।


जुन स्थानमा एक वर्ष अघि बोलेको बाचा पूरा भएको र गरेकोमा सल्यान पश्चिमका स्थानीयले मन्त्री रावतलाइ धन्यवाद दिएका छन् । मन्त्री रावतले सल्यानी पश्चिमी जनताको एउटा खुसि थपि दिएकोमा जनप्रतिनिधिले समेत धन्यवाद दिएका छन्। इतिहासमै यो राष्ट्रका नागरिकका लागि महत्त्वपूर्ण कोषेढुङ्गा भएको जनाए । यो अभियान आज सार्थक बनेको उनको दाबी छ ।

दुर दराजका लागि विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित नागरिकका लागि यो कदम अत्यन्तै सान्दर्भिक रहेको औल्याएको छ ।एक तह एक अस्पताल अभियान अनुसार नेपाल सरकारको निर्णय अनुरुप यो कामले सार्थकता पाएको छ । आजको दिन नेपाल र नेपाली जनताको लागि सुनौलो दिन भएको जनाएको छ ।मन्त्री रावतले जनताको सेवाका लागि आज बनगाडमा विशेषज्ञ सेवा सहितको अस्पताल शिलान्यासले मेरो आत्माले शान्ति पाएको जनाउनु भएको छ ।

यो सरकार जे वोल्छ त्यो गर्छ ,एक वर्ष अघि जे बोलेको थिए, आज त्यो पूरा गरेको मन्त्रीको उद्घघोष रहेको थियो । कार्यक्रम नेकपा जिल्ला सचिव कर्णवहादुर वुढाथोकि,नगर उप प्रमुख मञ्जु यरिले अस्पताल शिलान्यास कार्यक्रम सम्बोधनका क्रममै खुसि जनाए । अस्पताल शिलान्यास कार्यक्रम अध्यक्ष नगर प्रमुख गोविन्द कुमार पुनले अस्पताल शिलान्यासले उत्तसाहा थपेको जनाए । आफ्नो एउटा् जनता सामु बोलेको स्वास्थ्य क्षेत्रको एउटा् महत्त्वपूर्ण बचा पुरा हुने जनाएको छ । २ वर्ष पछि यहाँका नागरिकले सरुवा रोग विशेषज्ञ अस्पतालबाट नै सेवा लिने दाबी छ । साथै अस्पताल तयारीको लागि १ करोड रकम नगरमा आइसकेको जनाएको छ । १५ शैयाको नगर अस्पताल शिलान्यास कार्यक्रमको सञ्चालन नगरका सलेपा घनश्याम विसीले गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार