कर्णालीमा सुशासन सम्बन्धी सम्मेलन

सुर्खेत, १५ मंसिर ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुशासन सम्मेलन सुरु भएको छ । प्रदेशका विभिन्न जिल्लाका अभियान्ताको सहभागितामा प्रदेश तथा स्थानीय सुशासन सम्मेलन २०७७ आइतवारदेखि सुरु भएको हो । युरोपियन युनियनको सहयोगमा सहकर्मी समाजले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

चार दिनसम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय तहहरुबीचका सिकाई आदानप्रदान गर्नुका साथै प्रदेश सुशासन सञ्जाल गठन गरिनेछ । त्यसैगरी कर्णाली प्रदेशसभाका सांसदहरुबीच छलफल गराइने कार्यक्रम रहेको ‘सुशासनमा नागरिक सहभागिता कार्यक्रम’ का संयोजक हरि उपाध्यायले जानकारी दिए । उनले मंगलवार (भोली) सञ्जाल गठन गरिने बताए । गठन भएको प्रदेश स्तरीय संजालले यस क्षेत्रको सुशासनको प्रवद्र्धनको विषयमा काम गर्ने उनको भनाई छ ।


सुशासन जवाफदेहीता र पारदर्शिताका माध्यमबाट नागरिक र स्थानीय सरकारको सहभागितामुलक र उनीहरुको सम्बन्धलाई सुमधुर गर्नको लागि कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको दोस्रो दिन सोमवार सुशासनमा नागरिक सहभागिता कार्यक्रमबारे प्रस्तुतीकरण गरिएको थियो । सोमवारको छलफलमा सहभागिहरुले सुशासनलाई बलियो बनाउन कानुनमा भएका प्रावधानहरु कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कालिकोट, जाजरकोट, सल्यान र सुर्खेतका विभिन्न संघ संस्था तथा संजालका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार