ताजा खबर
  

लागुऔषधको मुद्दामा तीन सयलाई कारवाही

सुर्खेत १५ मंसिर ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन वर्षको अवधीमा झण्डै तीन सयलाई पक्राउ गरी कारवाही अघि बढाएको छ । लागुऔषध नियन्त्रण ऐन बमोजिम उनीहरुलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याएको प्रहरीले जनाएको छ । लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएकाले वर्षेनी पक्राउ पर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक गोपाल रायमाझिले जानकारी दिए ।

लागुऔषधको मुद्दामा प्रहरीले तीन वर्षको अवधीमा एक सय ७४ वटा मुद्दामा दुई सय ९७ जनालाई पक्राउ गरेको छ । प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा ३५ वटा मुद्दा दर्ता भएकोमा ५६ जना पक्राउ परेका थिए । २०७५÷०७६ मा ७४ वटा मुद्दा दर्ता भएका थिए भने उक्त मुद्दाका एक सय २९ जना पक्राउ परेका थिए । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा ५४ वटा मुद्दाका ८९ जना पक्राउ परेका थिए । त्यसैगरी चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ११ वटा मुद्दा दर्ता भएका छन् भने २३ जना पक्राउ परेका छन् ।


पक्राउ परेकाबाट दुई सय ५३ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरी निरिक्षक रायमाझीले बताए । जिल्लाका विभिन्न स्थानहरुलाई हर्टस्पटको रुपमा लिई निगरानी बढाइएको रायमाझीले बताए । ‘१८ वर्ष मुनिका बालवालिकाहरु पनि लागुऔषधको दलदलमा फसेका छन्’ प्रहरी निरिक्षक रायमाझीले भने, ‘उनीहरुलाई आफुले गरेको गल्तीको कुनै महसुस नै गरेका छैनन् ।’

चेन्ज टिम नामक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा कार्यक्रमका संयोजक भरत गिरीले वीरेन्द्रनगरमा लागुऔषधको दलदलमा फसेका चार सय ७५ जना लाई उपचार गरिरहेको जानकारी गराए । संस्थाले उनीहरुलाई कण्डम र सिरिञ्ज उपलब्ध गराउँदै आएको उनले जानकारी दिए । कार्यक्रममा रिकोभरी नेपालका ललित भट्टराईले लागुऔषधमा फसेकालाई उपचार र पुर्नस्थापनाको काम र यो ओसारपसार गर्नेलाई कारवाहीको दायरामा ल्याउन जरुरी रहेको औल्याए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार