थप २९ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

काठमाडौं, १५ मंसिर ।

नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा देशभर कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।

थप १,४७४ जनामा संक्रमण


पछिल्लो २४ घन्टामा देशभर १४ सय ७४ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ ।

थप १,९३१ कोरोनामुक्त

पछिल्लो २४ घन्टामा देशभरबाट १९ सय ३१ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख १४ हजार ५२१ पुगेको छ । हाल देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार