स्वास्थ्य राज्यमन्त्री रावत निर्वाचन क्षेत्र केन्द्रित, चार अस्पतालकाे शिलान्यास

सुर्खेत, १५ मंसिर ।
सुर्खेत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद नवराज रावत आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीसमेत रहनुभएका सांसद रावत आफ्नो निर्वाचन क्षेत्रको विकासमा केन्द्रीत हुनुभएको हो । मन्त्री नहुँदा संसदमा पटक पटक विशेष समय लिएर सुर्खेतका समग्र विकासका मुद्धाहरुमा सरकार र संसदको ध्यानाकर्षण गराउँदै आउनुभएको थियो ।

पछिल्लो समय उहाँ राज्यमन्त्री भएपछि विकासमा आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत हुनुभएको छ । राज्यमन्त्री भएपछि अव उहाँ आफै अन्य संसदको जवाफ दिने ठाउँमा पुग्नुभएको छ ।  सुर्खेत–जुम्ला सडक खण्ड, कोहलपुर–सुर्खेत ४०० केभि विद्युर प्रशारणलाईन, कोहलपुर–सुर्खेत फोरलेन सडक, सुर्खेत उपत्यकाका खानेपानी समस्या, सुर्खेतमा रहेका बाढीपीडितको उचित व्यवस्थापनको समस्या, सुर्खेत वीरेन्द्रनगर–गुटु–बेनिघाट सडक स्तरोन्नतीका विषयमा संसद र सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आवाज उठाउनुभएको थियो ।

राज्यमन्त्री नहुँदै साविक मध्यपश्चिम क्षेत्रीय अस्पताल संघकै मातहतमा राख्नुपर्ने आवाज उठाउँदै आउनुभएका राज्यमन्त्री रावतले सार्वजनिक रुपमा प्रदेश सरकारले आफ्नो मातहत ल्याएर ठुलो भुल गरेको बताउनुभएको छ । कर्णाली प्रदेशमा संघ सरकार र स्वास्थ्य मन्त्रालयबाट सिधै सहयोग गर्न मिल्ने कुनै संरचना नहुँदा आफु पदमा भएपनि यहाँको आवश्यकता अनुसारको सहयोग गर्न नसकिएको उहाँको भनाई छ ।

सरकारले सातवटै प्रदेशमा पहिलो पटक सरुवा रोग अस्पताल स्थापना गर्न लागेको बताउँदै उहाँले अव कर्णालीमा प्रदेश अस्पतालको पुरानो भवनबाट सरुवा रोग अस्पताल सञ्चालनमा ल्याईने बताउनुभयो । एक साता यता उहाँले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने चार वटा स्थानमा १५ शैयाको अस्पताल उद्घाटन तथा शिलान्यास गर्नुभएको छ । वीरेन्द्रनगरको लाटीकोइलीमा, बराहतालको बड्डीचौरमा, चौकुने गाउँपालिको विजौरामा र पञ्चपुरी नगरपालिकाको साल्कोटमा अव बन्ने अस्पतालको शिलान्यास तथा उद्घाटन गर्नुभएको हो ।

आइतबार पञ्चपुरी नगरपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । नेपाल सरकारका स्वास्थ्यतथा जनसंख्या राज्यमन्त्रीनवराज रावतले आइतबार शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले सरकार नागरिकको स्वास्थ्य प्रति गम्भिर रहेको बताउनुभयो । सोही बमोजिम स्वास्थ्य सुविधाका लागि हरेक पालिकामा ५ देखि १५ शैयाको अस्पताल निर्माण गर्ने योजना रहेको उहाँको भनाई छ ।


अस्पतालको भवनका साथै जनशक्ति तथा उपकरणको कमी हुन नदिने राज्यमन्त्री रावतले प्रतिबद्धता जनाउनुभएको छ । ‘तपाइहरुलाई कहीकतै अस्पतालको आश्वासन मात्रै दिएका हुनकी बजेट आउछ कि आउँदैन भन्ने लागेको हुनसक्छ’ शिलान्यास कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले भन्नुभयोे,‘१८ करोड बजेट आउने सुनिश्चित भैसकेको छ भने एक करोड पठाइसकेका छौँ, अब ढुक्क हुनुस जनशक्ति र सामग्रीसहितको अस्पताल बन्छ ।’ उनले दुई बर्ष भित्र भवन निर्माण कार्य सम्पन्न हुन्छ ।

रावतले आफूले निर्वाचनका बेला गरेका प्रतिबद्धताहरु क्रमिक रुपमा पूरा गर्दै गएको बताउनुभयो । पश्चिमको विकासका लागि सडक, बत्ति र अस्पताल निर्माणमा प्रगति भइरहेको बताउँदै रावतले जनतासामू गरेका बाचा पूरा गर्न इमान्दार भएर लाग्ने बताउनुभयो । मदन-भण्डारी लाेकमार्गकाे डिपीअार र इअाइए, अाइइकाे काम अगाडी बढेकाे उहाँले जानकारी दिनुभयाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार