रुकुम पश्चिम त्रिबेणी गाउँपालिकामा अदुवा खेती फस्टाउँदै

प्रचण्ड खत्री
रुकुम पश्चिम, १४ मंसिर ।
त्रिवेणी गाउँपालिकाका किसानले यसवर्ष खेतबारीमा लगाएको अदुवा खेती फस्टाउँदै गएको छ । जिल्लामै अदुवा पकेट क्षेत्रको रूपमा चिनिएको त्रिवेणीका १० वटै वडामा किसानले लगाएको अदुवा खेती फस्टाएको हो । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसानले नगदेबालीको रूपमा वर्षेणी अदुवा खेती गर्दै आएका छन् ।

अन्नबाली भन्दा नगदे बालीका रूपमा लिइएको अदुवा खेतीबाट राम्रो आम्दानी भएकाले त्रिवेणीका १० वटै वडाका किसानले अदुवा खेती गर्दै आएका हुन् ।  अदुवा उत्पादनका लागि पकेट क्षेत्रका रूपमा चिनिएको त्रिवेणीमा यसवर्ष पनि किसानको पाखो र खेतबारीमा लगाएको अदुवा फस्टाएको छ । त्रिबेणी ८ का हेमराज ओलीले यस बर्ष अदुवा बाट राम्रै उत्पादन भएको र पारिश्रमिक गर्दा आम्दानि पनि राम्रो भएको बताए ।

उनले यस बर्ष २५ सय बर्गमिटरमा अदुवा खेति गरेका थिए । उनले यस बर्ष सोचेको भन्दा बडी आम्दानि गरेका हुन । अहिले बजारमा १ केजी अदुवालाई १ सय ५० रुपैया पर्ने गरेता पनि व्यापारिक गाउमै पुगेर १ सय १० रुपैया हालेको उनले सुनाए ।  अदुवा खेतीमा गहुँ तथा मकै बाली जस्तो धेरै दुख नहुने भएकाले यसबाट गाउँमै राम्रो आम्दानी गर्न सकिने अर्का किसान यामलाल ओलीको भनाई छ । त्रिवेणीको दहबाङ्गमा यसवर्ष अदुवा प्रशोधन केन्द्र समेत निर्माण भएकाले यहाँका किसानमा थप उत्साह बढेको छ ।

किसानले वर्षेनी उत्पादन गरेको अदुवा निर्यात गर्दा विचौलियाका कारण बजार भाउमा समस्या देखिएकामा गाउँपालिकाले नै १० वटै वडाका अदुवा किसानलाई लक्षित गरी यसवर्ष अदुवा प्रशोधन केन्द्र स्थापना गरेको छ । अदुवा प्रशोधन भएपछी १० वटै वडाका किसानहरु लाम्भानबित हुने बताएको छ । प्रशोधन केन्द्र निर्माण भएपछी ठेकेदारबाट बचेको किसानहरुको भनाई छ ।

गाउँपालिका अध्यक्ष झक्कुप्रासद घर्तीले भने केहि दिनमै अदुवा प्रशोधन मेसिन ल्याउन लागिएको र केही समयभित्रै प्रशोधनको काम शुरु हुने बताए । अदुवा प्रशोधन केन्द्र स्थापना भएसँगै गाउँपालिकाका तीन हजार ५६५ घरधुरी लाभान्वित हुने भएका छन् । त्रिवेणीको मुरु, खारा र पेउघाका किसानको खेतबारीमा वर्षेनी चार टनभन्दा धेरै अदुवा उत्पादन हुने गरेको छ । त्रिबेणीका १० वटै वडाका किसानले मकै र गहु खेति नगर्ने बताए । अदुवाबाट थोरै लगानीबाट धेरै आम्दानि हुने भएकाले किसानहरु त्यस तर्फ आकर्षित भएका हुन ।

तपाईको प्रतिक्रिया