वीरेन्द्रनगरमा बन्ने भो १५ शैयाको अस्पताल

सुर्खेत, १२ मंसिर ।

वीरेन्द्रनगर ९ लाटीकोइलीमा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ । संघीय सरकारको एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने अभियान अन्तर्गत वीरेन्द्रनगर ९ मा पनि १५ शैयाको अस्पताल बनाउन थालिएको हो ।


नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले शुक्रबार अस्पतालको शिलान्यास गरेका हुन् । अस्पताल निर्माणपछि सबै जनशक्ति तथा उपकरण व्यवस्थापन पनि संघीय सरकारले गर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकालले अस्पताल १८ करोड लागतमा निर्माण हुने जानकारी दिइन् । बहुबर्षिय टेण्डरका आधारमा जतिसक्दो चाँडो अस्पताल निर्माण कार्य सम्पन्न हुने उनको भनाइ छ ।


बढ्दो विरामीको चापलाई सजिलै व्यवस्थापन गर्न र विशषेज्ञ सेवा प्रवाह गर्न १५ शैयाको अस्पतालले थप सहयोग पुग्ने उनको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार