काठमाण्डौ, १२ मंसिर ।
सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
युग संवाददाता । । १२ मंसिर २०७७, शुक्रबार १२:२५