ताजा खबर
  

कर्णालीका हटौरु

वर्तमान अवस्थामा रोग ,भोक, शोकको उपमा पाएको कर्णाली खस राज्यको विस्तार देखि नै हाट , बजार जाने परम्परा रहेको थियो । विकट कर्णालीको वर्तमान अवस्था यस्तो छ भने १० औं ,११ औं शताब्दीमा झन कस्तो थियो होला कल्पना गर्न सकिदैन ।खस राज्यको वर्षायामको राजधानी जुम्ला जिल्लाको सिंजा र हिउदे राजधानी दुल्लु भएका कारण ६ महिना सिँजा र ६ महिना दुल्लुमा राजाहरुको बसोबास थियो । यहीँ क्रममा सिँजा र दुल्लु आंशिक रूपमा व्यापारिक केन्द्र नै थिए । राजा, शासक र अन्य मानिस सिँजाको केही चिज, वस्तु लिएर दुल्लु र दुल्लुको केही चिज ,वस्तु लिएर सिँजामा व्यापार, व्यवसाय गर्दथे।त्यही भएर खस राज्यको नजिक हाट लाग्ने भएकाले हाल सम्म हाट सिँजा गाउँ जिवित छ। सिंजा राज्य शक्तिशाली भएकै कारण तिब्बत र भारतसंँग पनि व्यापारिक सम्बन्ध रहेको इतिहासमा उल्लेख छ।

यहि परम्परालाई शिरोधार्य गरि प्राचीनदेखि वर्तमानसम्म पनि हटौरु प्रथालाई कर्णाली बासीले संरक्षण गरेका छन ।कर्णालीमा उत्पादन गरिएको राडी, पाखी, लिउ, फेरुवा ,गलैंचा, बख्खु ,घोडा ,चमर ,काठका थाम, शिकारि बाज ,कस्तुरी, विना ,मह ,सिलाजित, जडिबुटी आदि कर्णाली बाहिर लिने र लत्ताकपडा, घ्यू, नुन ,तेल, खाद्यान्न ,भाडाकुडा ,श्रीखन्ड, सुन, चाँदी, मरमसला, शंख ,घंट, विविध रत्नहरु कर्णाली भित्र्याउने काम परापुर्व काल देखि चलिआएको थियोे ।माथी उल्लेखित विविध चिज ,वस्तुहरु बेचबिखन गर्न जाने र ल्याएर आफ्नो ठाउँ तिर हाट बजार गरि आउने परम्परालाई हटौरु भनिन्छ ।२०६३ सालमा यातायातको साधन कर्णालीमा प्रवेश गर्यो भने प्राचीन समयमा यातायातको साधान नभएकोले भेडा ,च्यांग्रा ,घोडा ,खच्चड ,चौरीको प्रयोग गरिन्थ्यो ।त स्वयम् पिठ्युँमा भारी बोकेर एक ठाउँको सामन अर्को ठाउँ पुर्याउने कार्य गरिन्थ्यो । कर्णाली अञ्चलको सम्पूर्ण भूभागमा त्यति राम्रो उत्पादन नहुने भएकोले छाक टार्न र जीविको पार्जन गर्न मुस्किल हुने भएकोले घर छोडेर व्यापार व्यावसाय गरि जिविको पार्जन र आर्थिक उपार्जन गर्नु कर्णाली बासीको मुख्य उद्देश्य हो।व्यापारका लागि घर छोडेर प्रदेशिनु वाध्यात्मक परिस्थिति हालसम्मा स्थापित छ।प्रदेश जाने र धन कमाएर ल्याउने इच्छा चाहना पूरा गर्ने ठुलो अभिलाषा रहेको छ।प्रदेशिने श्रीमान र श्रीमती बिचको देउडा संवाद यस प्रकार रहेको छस्

श्रीमती स्दुल्लु दैलेखका वन कति राम्रा भैंसा।
बाली बैँस बिस्तरा खाली क्या चाहिँदा हुन पैंसा।।
श्रीमानस् कठै नभन मेरि माया मन मेरो रुदो छ।
बाली बैँस बिस्तरा खाली कहिले कहिंँ हुदोछ।।

यसरी घरपरिवार, प्राणप्रीय ,जहान ,बालबच्चा ,आफन्त छोडेर प्रदेश जानु रहर नभै बाध्यात्मक स्थिती हालसम्मका सरकार र स्वयं कर्णालीको भौगोलिक वनावटले गरेको छ। अहिलेको जस्तो ठाउँ ठाउंँमा होटल नभएकोले प्राचीन समयमा हाट जाने बेला बाटामा चाहिने खान पिनको चिज वस्तु बोकेर हिड्नु पर्ने ,अर्काले पकाएको खाना नखाने भएकाले आफै पकाउने, पाटामा रात विताउने गरिन्थ्यो ।८र१० दिन लगाएर सुर्खेत , नेपालगन्ज सम्मको यात्रा हुन्थ्यो।यसरी कोहि नेपालका विभिन्न भूभागमा त कोहि भारतका विभिन्न ठाउँ पुग्ने गर्छन् ।विशेष गरि नेपालका काठमाडौं, पोखरा ,हेटौंडा, बुटवल ,विरटनगर, इटहरी, नारायण्घाट, विर्तामोड ,नेपालगन्ज ,खजुरा आदि शहरमा र भारतका दिल्ली ,मुम्बई ,मदरास ,चेनाइ, गोरखपुर, खलिलावाद ,पटना ,हिमान्चल ,उत्तरान्चल ,सिकिम, दार्जिलिङ ,अरुणान्चल जस्ता प्रख्यात शहरका गल्ली गल्ली ,बस्ती बस्तीमा हिंग, सिलाजित र लत्ताकपडा ,गलैँचा ,राडिपाखी आदिको बेचबिखन गर्दछ्न।यसरी केही समय घर परिवार त्याग गरेका कर्णाली बासी विदेशी भूमिमा पसिना बगाउने गर्छन् ।

म पनि जुम्लीको छोरा भएकोले मेरो प्रदेश जाने रहर नभएर बाध्यता थियो । कुरो बि।सं २०६५ सालतिरको हो।मैले ०६४ मा एस। एल ।सी दिएको थिए।०६५ मा नतिजा सार्वजनिक भएको थियो।पास भएछु।उच्च शिक्षाको लागि जुम्ला बाहिर जाने निर्णय गरे।साथी प्रदीप र म पोखरा गएर अध्ययन र व्यवसाय गर्ने सल्लाह गर्यौ।व्यवसाय पनि गर्ने र आफ्नो अध्ययन पनि पूरा गर्ने मुख्य उद्देश्यका साथ पोखरा जाने आमासँग अनुमति मागे।आमाले पनि मेरो निर्णयलाई सहर्ष स्वीकार गर्नुभयो ।मेरा लागि बाटोमा चाहिने पैसाको जोड जम्मा गरिदिनु भयो।बाटोमा खाने सातु, ढेस्सु ९फापरको रोटी ० ,छ्कडी ९ छ ओटा पुरी० ,चामल ,दाल, नुन, तेल आदि जम्मा पारिदिनु भयो ।मसंग नराम्रो खालको पनि झोला थिएन ।तसर्थ आमाले बोराको झोला सिलाएर सबै समानको त्यहि बोराको झोलामा बन्दोबस्त गरिदिनुभयो।भोलि पल्टको दिन मेरा लागी कालो बेला भएको जोतिषिले जानकारी गराएका थिए ।

त्यसैले सोही दिनमै साइत सारे।पारिवारिक सरसल्लाह गरि त्यो रात निन्द्राले छोयो।बिहानपख प्रदीप पनि आफूलाई चाहिने सामग्रीको झोला, झाम्टा बोकेर यात्रा तय गरे।म पनि घरबाट बिदा हुने तरखरमा थिए ।आमाले मेरो भाव बुझेर टीका तयार गर्नु भयो।माने देविदेवता सम्झी “जय नारायण थार्प मष्टो, कनका सुन्दरी, बाह्र भाइ मष्टो दाइना भया, सात लाग्या, बगाल लाग्य, हान्याको हात थाम्या, भन्याको मुख थाम्या, मन सोच्या सबै पूरा गर्या।” आमाको यो करुणा मिश्रित मष्टोको पुकार गर्दा आँखा रसाएर आए ।मेरो निधारमा टीका लगाएर आशीर्वाद दिनु भयो।आमालाई ढोग दिएर घरबाट पहिलो दिनको यात्रा तय गरे। घरबाट हिड्ने बेलामा रित्ता भाँडाकुँडा भेटिदा अशुभ मान्ने मेरा पुर्खाको रितलाई अनुसरण गर्दै हतार हतार बाटामा भेटिएका मानिससँग ढोक, भेट गर्दै साथिलाई भेटें।०६३ सालमा मोटर बाटो पुगे पनि यातायातका साधन चल्दैन थिए । हामीले पैदल यात्रा गरि सुर्खेत पुग्नु पर्ने थियोे ।विविध गफ गरि पैदल यात्रा गरि त्यो राति नाग्ममा बास भयो। भोलिपल्ट बिहान टाकुल्लामा बिहानको खाना भयो । प्राचीन समयमा हाम्रा बा, बाजेहरु यी विभिन्न ठाउँमा ढुङ्गाको चुलो बनाएर आफै खाना बनाई खाने गर्दथे ।तर वर्तमान समयमा होटेलमा खाने र सुत्ने भएकाले हामीले पनि होटेलमा खाने र सुत्ने गर्यौं ।यसरी छ दिनको यात्रापछि सुर्खेत झर्यौं। सुर्खेतबाट यातायातको सुविधाको उपयोग गरेर नेपालगन्जसम्म पुग्ययौँ। भोलिपल्टदेखि थारुवानको नेपाल बन्द भएका कारण थप सास्ती पायौं । घरबाट हिडे देखि नै यात्राको क्रममा दुस्ख त पाएकै थियौं तर यहाँ थप ठूलो सास्ती पाइयो। यातायातका साधन कलकारखाना उद्योग धन्दा सब बन्द भएकाले पोखरा जाने आशा निराशामा बदलिएको थियो।

हामी माझ एउटा मात्र वैकल्पिक उपाय भारतको बाटो भएर बुटवल निस्कने थियो ।नेपालगन्जबाट सोही उपाय अपनाए र हामी रुपैडिया भन्सार रिक्सा चढेर पुग्यौं। रुपैडिहाबाट गुण्डासम्मको टिकट लियौं ।रेल आयो। कहिल्यै नदेखेको सर्पजस्तो लामो साधन देखेर बढो आश्चर्य लाग्यो। गोण्डा पुगिसके पछि गोरखपुरको टिकट प्रदिप जिले लिएर आए।रेल आइपुग्यो।अघि चढेको भन्दा यो रेल धेरै राम्रो थियो ।त्यस रेलमा जम्भु, कस्मिरबाट आएका नेपाली मूल बासी गोर्खे सेना धेरै देखिन्थे।त्यो रेलमा सामान्य र विशिष्ट दुई खालको डिब्बा रहेछन् ।भूल बस हामी विशिष्ट डिब्बामा छिर्न पुगेछु।टिटि बाबुको आगमन भयो।”टिकट लाओ ।” “टिकट लाओ।” टिटि बाबुको रुखो र तितो आवाज सुनियो।मैले टिकट देखाए । उ त निकै रिसाएर हिन्दीमा के के भनेर गाली दिदै थियोे ।


हिन्दी नबुझ्ने भएकोले झन ठुलो हामी माझ समस्या आइपर्यो।जिन्दगीमा पहिलो पटक पाइन्टमा पिसाब झरेको थियो ।टिटि ले ३५०० भारु दिनुपर्ने सजाय तोक्यो। हामी संग मुस्किलले ५००० हजार नेपाली पैसा थियो ।दुबै जना धर्धरी रुदै नेरु ३००० दिएपछि उसले ढोकामा बस्न आदेश दियो। प्रदेशको ठाउँ हाम्रो पक्षमा बोलिदिने कोहि भएन।सर्वस्व गुमेको महसुस भयो।निरही भएर ढोकामा गएर बस्न वाध्य भैयो।अर्को टिसिन” बस्ती” भन्ने ठाउँ आएपछि जनरल डिब्बामा जान आदेश दियो। जनरलमा प्रवेश गरेम।भित्र त सबै गोर्खा आर्मी रहेछन। उहाँहरु संग रमाइलो गरि गोरखपुर पुगियो।गोरखपुरदेखी सुनैलीसम्म बोलेरोमा यात्रा भयो। मेरा एक जना काका रुपन्देहीको मर्चवारतिर बस्ने भएकाले राती २ बजे हामि नहुतुना ओर्लिएम।घर अलि टाढा भएकाले वोडर पार गर्न मुस्किल हुने भो ।त्यसैले एउटा चऊरमा गै बसियो।साथीले यस्तो चौर यति राती बस्न नहुने धारणा राखे ।मैले त्यस्लाइ अस्विकार गरे।झोला सिरानमा राखेर आराम गर्दै थिएम।प्रदीपजिलाई अलि अप्ठ्यारो भएको महसुस गरें।अलिकति जुनको प्रकाशले उज्यालो थियोे ।

मुख भरी फिज निकालेर छट्पटी गरेको देखें। श्वास फेर्न अप्ठ्यारो भएर होला उनी हात खुट्टा छिटो छिटो चलाइरहेका थिए ।मैले उनलाई झकझकाए।उनी समान्य स्थितिमा आए।र त्यो चौरमा नबस्न आग्रह गरे ।मलाई पनि डर लाग्न थाल्यो।५ मिनेट जति हिडेर सुनौली गोरखपुर सडकको छेउमा एउटा परालको टौवा थियो।सोही टौवामा ४ घण्टा बित्यो।बिहान काकालाई भेटी पोखरातिर लाग्यौं । पोखरा नयाँ परिवेश ,नयाँ मानिस, महँगो ठाउँ व्यापारमा धेरै दुस्ख पाइयो। गलैंचाको भारी बोकेर घर घर ,गल्ली(गल्ली, वन ,पाखा, गाउँ,सहर ,बस्ती बस्ती डुलियो ।अध्ययन कार्यलाई निरन्तरता दिदै व्यवसायतिर लम्कियो ।महँगो ठाउँ पोखरा कमाई भएको भन्दा बढी खर्च आउने ।धेरै सुन्दर ठाउँ पोखरा। ५, ७ महिना पोखरा बसि घर फर्किए।

यस्तैगरी हाम्रा पुर्खा परापूर्वकालदेखि चलाएको यो परम्परा हालसम्म जीवितै छ ।घर आउँदा सबै परिवारलाई लुगा लत्ता कपडा ,भाँडाकुँडा विविध सामग्री बोकेर माहाबु, हाउडि, भर्ता जस्ता ठूलाठूला लेक काटेर आउने जाने गर्थे।त्यही बाटो हालसम्म पछिल्ला पिढि पनि प्रयोग गर्दै आएका छन्। कालिकोटको डिल्लीकोटमा सामान चोरी भएर पुर्खाहरुले धेरै दुख पाए। घरमा आफन्त ,घरपरिवारले बाटो कुर्दै बसिरहेका हुन्थे। अहिलेको जस्तो सञ्चारको प्रयोग ,यातायातको प्रयोग नगएकाले कागले काँ का ंँ गरेपछि ,कागले चारो बाँडेर खाएपछि, आगो भर्भर भएपछि हटौरु आउने अनुमान गरिन्थ्यो ।फागुन लागेपछि हटौरु बाटामा हिडेको देखिन्यो। डोको ,झोला, कुम्ला बोकेका हटाउ रुहरु टाढैबाट सेता, सेता भारी वोकेर बाटो हिँडेको देखिन्थ्यो। त्यस समयमा बालबालिकाहरू हटौरुलाई स्वागत गर्न जान्थे ।

” हटौरु आया टिटिरा बास्या।
कालिका बाबा झ्यालखाना ठास्या।।”

भन्ने गित गाउदै एक हातले सुरुवाल थाम्दै अर्को हातले सिँगान पुच्दै उनिहरु हटौरुको खोजीमा हुन्थे। पुस माघको चिसोले हात, खुट्टा पट्पटी फुटेका बालबालिकाको आफ्नो बा ,दाइ ,काका, ठूलो बा, नातेदार, आफन्त हाटबाट आउने र हा ९मिठाइ ०ल्याउने , राम्रो कपडा, मीठो मसिनो खाना प्राप्ति गर्ने मुख्य अभिलासा हुन्थ्यो।यहि चाहना बोकेर हिडेका बालबालिकाहरु आफ्नो मान्छे आए खुसी हुँदै फर्किन्छ्न । त आफ्नो कोही नआएकोले कोहि हटौरुले दिएको एउटा मिठाइमा चित्त बुझएर घर फर्किन्छ्न। यो कार्य लगभग हिउदको समय भरि नै चलिरहन्थ्यो । मार्सी धानको बीउ भिजाउने चैत्र १२ गते सम्म घरमा हटौरु नपुगे त्यसको काज कृया समेत गर्ने प्रचलन थियो। यस्तो महत्वपूर्ण रूपमा हेरिएको प्रचलन हाल माथि उल्लेखित विविध कार्य नभएपनि घर छोडेर आफ्नो देशका कुना कन्दरा होस् वा विदेशका गल्ली चार्न जुम्ली बासीको बाध्यात्मक परिस्थिति रहेको छ ।

यसरी जिल्ला बाहिर गएर होस् देश बाहिर गएर आफ्नो कर्म गर्ने जुम्लीको घरैमा बस्ने वातावरण सिर्जना राज्यबाट कहिले होला रुनेपालीहरु विदेश गए नेपालमा विकास हुँदैन ।त जुम्लाका बासिन्दाहरु हरसाल घर बाहिर जाँदा जुम्लाको विकास कसरी होलारु यहांँको यो बाध्यात्मक परिस्थितिलाई अन्त्य गर्न जुम्लामा राज्यले उद्योग,कलकारखाना, स्याउ फार्म, कोल्ड स्टोर, यहाँको स्थानीय बाली, भाषा ,सभ्यता, संस्कृति प्रति जोड दिने विषेश गुरुयोजना निर्माण गर्नुपर्छ।यसै ठाउँमा कामधन्दामा व्यस्त भएपछि समग्रमा कर्णाली बसिले घर छोडेर प्रदेशको बाटो अवश्य हरसाल रोज्दैनन होला।हर मंसिर हाट गर्न जाने थिएनन । आफ्नै ठाउँमा हाटबजार लगाएर आर्थिक आर्जन गर्न सक्षम हुनेछन। ” सुइना कर्णालीका” नाटकमा जस्तै कर्णालीका सपना पूरा गर्न सरकारले ध्यान देओस।

मरिचमान काफ्ले   ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार