स्वास्थ्य चौकीमा सिटामोलको अभाव

कालिकोट, १२ मंसिर ।

कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पु स्वास्थ्य चौकीमा सिटामोलको समेत अभाव भएको छ । स्वास्थ्य चौकीबाट पाइने निःशुल्क पाइने औषधि खरिदका बिषयमा गाउँपालिका र स्वास्थ्य कार्यालय बीच समन्वय नहुँदा सिटामोलको समेत अभाव भएको हो ।


गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधि आउन छोडेको चौकीमा निःशुल्क पाइने औषधिको अभाव भएको स्वास्थ्य चौकीमा इन्चार्ज कमल बमले बताए । ‘गाउँपालिकाको स्वास्थ्य शाखाले औषधिको खरिदका लागि बजेट २० लाख बराबरको औषधि खरिद गरेको भन्ने जानकारी पाएको छु,’ उनले भने, ‘सरकारले निःशुल्क दिने भनेको औषधिको पनि बिरामीले निजी मेडिकलबाट किन्नुपर्ने बाध्यता रहेको छ ।’

मौसम परिर्वतन भएसँगै बिरामीको चाप बढेको स्वास्थ्य चौकीका इन्चार्ज बमले जानकारी दिए । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले आफूले स्वास्थ्य चौकीको अनुगमन गरेको स्वास्थ्य चौकीको औषधि नभएको बताए । स्वास्थ्य चौकीबाट नेपाल सरकारले ४० प्रकारका औषधि निःशुल्क दिने गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार