लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानमा दिप प्रज्वलन

दुर्गा विसि ।

सुर्खेत सिम्ता गाउँपालिकामा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान गाउँपालिकाको प्राङ्गणमा दिप प्रज्वलन गरि सुरु गरिएको छ । दिप प्रज्वलन गर्दै उक्त कार्यक्रमको सुरुवात भएको हो ।


यसलाई सबैले साथ दिन हिंसा न्युनिकरणका लागि हातेमालो गर्न कार्यक्रमका अध्यक्ष गाउँपालिका प्रमुख कविन्द्र कुमार केसि उपाध्यक्ष चन्द्रकला शाहीले संयुक्तरूपमा निराकरण गर्न अपिल गर्नु भएको छ । आफ्नो गाउँपालिकममा महिला हिंसा न्युनिकरणका सवालमा सबैको जरुरत रहेको औल्याएको छ । महिला हिंसा अन्त्य गरौं,कुरो होइन,काम गरौं ।

हिंसा गर्नु जगन्य अपारध हो ।हिंसा गर्ने सबैलाई कानुनी कारवाहि हुनै पर्छ । लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान सफल पारौ भन्ने मुल नारा तय गरिएको छ । महिला तथा वालवालिका शाखा प्रतिनिधि,निमित्त प्रमुख प्रशाकिय अधिकृत टोपवहादुर राना,लेखा अधिकृत भुपेन्द्र भण्डारी,स्वास्थ्य शाखा प्रतिनिधि र अन्य शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियोे । कार्यक्रम वेलुकि साढि सात वजेको समयमा गाउँपालिका प्राङ्गणमा आयोजना गरिएको थियोे ।जसमा सुरुवाती चरणमा दिप प्रज्वलन गरिएको छ । गाउँपालिका क्षेत्र भित्र महिला हिंसा न्युनिकरणका लागि साझा धारण वनाउन अपिल समेत गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार