ओरालो लाग्या…लाई…ले नि लखेट्छ

ओरालो लाग्या…लाई…ले नि लखेट्छ भन्याझैँ पार्टीभित्र हुरहुरी चलिरा बेलाँ हाम्मो कर्नाली प्रदेशका नेता यामलाल कँडेलकापछि किन ला हुन के मान्छे ! उनले चढने गरेको गाडी चितवनतरि तीन फर्ल्याङ्ग खाएर घाइते भा मान्छेसमेत तन्दुरुस्त भएर हिँड्डुल गर्ने भैसके । दशैं मनाइसके त्यारको रम्झम् नी भ्याइसके । दुर्घटना भा दिन औंलाँ गन्न्यै हो भनेनी गोडा चारेक मैना भए होला । तर ऐले आएर पत्रकार भनाउँदाहरु सम्चार बनाउँछन् गाँठे । एक त सम्चार बना कुरै अनौठो, अँझ भएन भनेर सम्चा भित्र भा कुरै पढदा अनौठो हैन र ?

सत्तारुढ दलको नेता हुँदाहुँदै नी प्रतिपक्षदलको नेता बनाएर किन गाडी र भत्ता देको हो ! सुन्दैनी अनौठो कुरो त छँदैछ । अँझ भएन भनेर ह्वाँले चढने गाडी किन्दा ४८ लाख अनि मर्मत गर्दा ५९ लाख लाग्ने भन्दा तपाइँहरलाई कत्तिको आश्चर्य लायो कुन्नि ? मलाई त आश्चर्य लायो । त्यसो त नयाँ गाडी किन्नुभन्दा मर्मत अल्लि बढी नै नि लाग्छ होला । नयाँ गाडीको मुल्यपो कम्पनी को हो त ! मर्मत खर्च त सचिवको होला, स्टोरको होला, लेखाको होला, डाइभरको होला । अनि ती अनेक थरिकाको लागि भागवण्डा छुट्टयाउनु पर्दा त महंगो त हुने पनि होला । त्यसैले मर्मतमा पर्या मुल्यभन्दा १० र ११ लाख बढी भन्या कुनै आश्चर्य हैन ।

विचरा सत्तारुढ दलको नेता हुँदानी विपक्षी दलको नेता भत्ता ख्वाइख्वाइ ऐले पार्टीभित्र त्यसै पनि विपक्षी दलकै नेता बन्न बाध्य पार्या बेलाँ यस्तो सम्चाराँ नेताजीको नाम जोडेर नलेख्दे नि हुँदो । तर पत्रकार साथीभाई भनाउँदाहरुनी घाउमा नुनचुक कैले छर्किने भनेर बस्या हुन्छन् । अनि ऐले यामलालजीमाथि दुख पर्या बेलाँ नुनचुक छर्कँदै छन् । हुन त यामलालजीले विपक्षी दलको नेता सुविधा त्याग्दि सक्नुभा छ क्यारे ऐले त । तर के गर्नु पैला केई समय खानु भो पछि देश र जनता लागि त्याग गर्न मन लायो कि के भो कुन्नि । एक्कासि सुविधा नलिने घोषँणा गर्या सम्चार सुन्न पुग्गियो । फेरि त्यो पदेश सभा सचिव र लेखाका मान्छे नि कस्ता हुन् कुन्नी ? सत्तारुढ दलका सांसदलाई नि विपक्षी दलको नेता भनेर भत्ता ख्वाउने र गाडी चढाउने ।


हुन त कर्मचारीनी कमिनिष्ट पार्टीकै नेताभै खाका होलान् क्यारे । अनि आ्फ्नो नेतालाई जसरी भएनी सुविधा दिलाउने चक्कराँ लाएर त होला ? हुँदै नहुने र मिल्दै नमिल्ने कुरा नि दिने । खास भन्ने हो भने त सत्तारुढ दलको सांसदलाई राज्यको सुविधा ख्वाउने र दिने कर्मचारीलाई नै कारबाही गरेर ख्वाको तलब र भत्तासत्ता असुल उपर गर्नुपर्ने हो । तर के गर्नु कर्मचारी जति सबै भ्रष्ट अनि कल्ले दिन नहुने र ख्वाउन नहुने रकम किन ख्वा भनेर असुल गर्ने ? त्यस्तै चक्कर त होला क्यारे । त्यो बनाउनै नसकिने गरी कच्याककुचुक भा गाडी बनाउन कर्मचारीहरुले चक्कर चलाउन ला ? फेरि ऐल्या अर्थमन्त्रीले नी नयाँ गाडि नकिन्ने पुरानै गाडी मर्मत गरेर चढने भन्या छन क्यारे । भष्टाचारी कर्मचारीका लागि त्यति भएछि पुगिगो । अनि त गाडी किन्दा कति पथ्र्यौ भनेर किन हेर्ने भए । उनरलाई त कसरी हुन्छ माल कमाउने बाटो हेर्ने नै हो त्यै चक्कराँ त होला ४८ लाखाँ किन्या गाडि बनाउँदा ५९ लाखका सम्चार बन्ने । जयहोस् भष्टाचारीहरको ।

वेदर्षि


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार