सिजनमै घट्न थाल्यो सुनको मूल्य

काठमाडौ., १० मंसिर ।

बिहेको मुख्य सिजनमै सुनको मूल्य घट्न थालेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले निकालेको तथ्यांकअनुसार सुनको मूल्य घट्न थालेको हो। तीन दिनको बीचमा (आइतबारदेखि बुधबारसम्म) सुन प्रतितोला २ हजार ८ सय रूपैयाँले घटेको छ।

सोमबार प्रतितोला ९४ हजार तीन सय पुगेको सुन मंगलबार तोलामा एकैदिन १८ सयले घटेर ९२ हजार ५ सयमा कारोबार भएको थियो। बुधबार १ हजार रूपैयाँले घटेर ९१ हजार ५ सयमा कारोबार भएको छ।

आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अघिल्लो दिनको भन्दा ५ रुपैयाँले कम हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया