एक बर्षभित्र वडा नै उज्यालो हुन्छ

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पर्ने वडा नम्बर १५ भौगोलिक हिसावले विकट छ । नगरका अन्य वडाभन्दा यो वडा भौतिक विकासमा पनि पछाडि परेको छ । यद्यपी यहाँको स्रोत र साधनलाई प्रयोग गर्न सके विकासको गति बढ्ने निश्चित छ । विकास र समृद्धिको सम्भावना बोकेको यो वडाको भौतिक तथा सामाजिक विकासमा के प्रगति भयो ? जनप्रतिनीधि आएको साढे तीनवर्ष वितिसकेको छ । यो अवधीमा वडामा विकास निमार्ण, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाइँ लगायतका क्षेत्रमा कति विकास भए त ? यही विषयमा केन्द्रित रहेर सहकर्मी गीता थापाले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष पुनबहादुर पुलामीसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, पुलामीसँग गरिएको कुराकानीको शारासंः

हिजोआज के गर्दै हुनुहुन्छ ?

वडाकै नियमित काममा नै व्यस्त छु । गाउँमा विकास निमार्णका कामहरु पनि भइरहेका छन् । तीनै कामको अनुगमन गर्ने र वडाबासीहरुको समस्यालाई समाधान गर्ने कार्यमा व्यस्त छु । समग्रमा नागरिकका दैनिक समस्या समाधान गर्ने र विकास योजना निर्माणमै समय वितेको छ ।

निर्वाचित भएयता हालसम्म वडामा के–के काम गर्नुभयो ?

हाम्रो वडा अलि विकट वडा हो । यहाँ यातायातको समस्या थियो । अहिले नगरपालिकाको केन्द्रसम्म जोड्ने सडक निमार्ण गरेका छांै । नगरपालिका र वडाको सहयोगमासडक जोडेका हौं । सडक नहुँदा गाउँमा कृषकले उत्पादन गरेका तरकारीको बजारीकरण गर्न सकेका थिएनां ।ै अहिले बाटो खुलेपछि सहज भएको छ ।

विद्युतको पनि समस्या छ । अहिलेसम्म यो वडामा विद्युत पुगेको छैन । हामी गाउँमा विद्युत ल्याउनका लागि पहल पनि गरिरहेका छौं । अबको एक वर्षभित्र यहाँका जनताले बत्ती बाल्न पाउछन् । वडालाई नै बिजुलीले उज्यालो बनाउने छौं । स्वास्थ्यको भवन निमार्ण पनि गरेका छौं । स्वास्थ्यको भवन निमार्णको अन्तिम चरणमा पुगेको छ । विद्यालयका भवनहरु पनि निमार्ण गरेका छौं । घरघरमा खानेपानीको धारा पु¥याएका छांै । नीजि विद्यालयहरु पनि छन् । तीनै विद्यालयहरुलाई पनि वडाले अनुदान दिएर हेर्ने गरेका छांै । निगालपानीदेखि डोविल्डा सडक र डल्लीखाली पारेगाउँ जोड्ने सडक सञ्जाल पनि खोलेका छौं ।

काम गर्नलाई कत्तिको चुनौती रहेछ नी ?

हाम्रो वडामा अन्य चुनौतीभन्दा पनि भौगोलिक हिसावले नै चुनौती धेरै छन् । भौगोलिक हिसावले सडम विस्तारमा नै चुनौती हो । अरु चुनौती त केही छैन । सडक निर्माण गरेर बस्तीहरुलाई आपसमा जोड्न सकियो भने खासै समस्या नहोला । यसकारण पनि हामीले सडक निर्माणलाई प्राथमिकता दिएका छौं ।

तपाइँको वडामा मुख्य समस्याहरु के–के छन् ?

यो वडाको मुख्य समस्या भनेको भौगोलिक विकटता हो । भौगोलिक विकटताले गर्दा काम गर्दा बजेट धेरै खर्च हुने र वडामा बजेट कम आउँदा विकास निमार्णका काममा समस्या भएको छ । विद्युतको समस्या पनि छ । अहिलेसम्म यो वडामा जनताले बत्ती बाल्न पाएका छैनन् । हामीले वडाबासीलाई बत्ती बाल्ने व्यवस्था अबको एक वर्षमै गर्छौ । त्यसका लागि विजुलीका पोलहरु र तारहरु जोड््ने काम भइरहेका छन् । सिचाइँको पोखरी बनाएका छांै । तर सिचाइँको पानी नहरबाट ल्याउने सम्भवन पनि छैन । भौगोलिक विकटताले गर्दा सिचाइँको नहर गाउँगाउँमा पु¥याउन सम्भव छैन । खानेपानीको भने घरघरमा व्यवस्था गरिसकेका छौं । वडामा आउने अन्य समस्याहरु त हल गर्न सकिन्छ ।

वडामा देखिएका समस्या समाधान कसरी गर्नु भएको छ ?

गाउँमा सडक नहुँदा किसानलाई समस्या भएको थियो । उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन । तर अहिले हामीले सडक निमार्ण गरिसकेका छौं । सहज भएको छ । बर्खाको समयमा बाटो चिप्लो हुने भएकाले समस्या हुन्छ । खानेपानीको धारा पनि घरघरमा पु¥याइ सकेका छौं । अब बाँकी भनेको विद्युत हो । अबको एक वर्षमा त्यो समस्या पनि समाधान हुन्छ ।

अहिलेसम्म गरेका राम्रा पाँच वटा काम बताईदिनुस् न ?

ठुलै काम त मैले केही गरेको छैन । जनताको आवश्यकता अनुसारको विकास गरेको छु । वडा नम्बर १५ लाई वीरेन्द्रनगर बजारसम्म जोड्न् सडक निमार्ण गरेँ । वडाबासीको घरघरमा खानेपानीका धारा पु¥याएँ । स्वास्थ्यको भवन निमार्ण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । शिक्षाका भवनहरु बनाएका छांै । विद्युत ल्याउने पहल पनि भइरहेको छ । नगरपालिका र वडाको लगानीमा विद्युतको पोल गाड्ने र तार जोड्ने कामहरु पनि भइरहेका छन् । सिचाइँको पोखरी निमार्ण गरेका छौं ।

मत माग्न जाँदा जनतासँग गरेको प्रतिवद्धता कति पुरा भए त ?

म त पहिला गाविकासको अध्यक्ष पनि थिएँ । र अहिले वडा अध्यक्ष पनि हुँ । जनताले मलाइ विश्वास नगर्ने भए भोट नै दिनु हुन्थेन होला । मैले जनतालाई आश्वासन दिने काम पनि गर्दिन । आफु र वडामा आएको बजेटले जति काम अथवा विकास गर्न सकिन्छ । त्यति नै गर्ने हो । मैले गरिरहेको पनि छु । यहाँको भुगोलको बारेमा सबै थाहा छ । थाहा भएका कारण पनि जनताले मलाइ विश्वास गर्नु भएको हो । मैले सक्ने कुरा मात्र बालेको थिएँ । बत्ती बाल्ने व्यवस्था पनि मेरै पालामा गराउँछु भनेको छु । त्यो पनि सम्भव छ । छिट्टै पुरा हुन्छ ।

अबका योजनाहरु के के छन् नी ?

जनताको विश्वासलाई मर्न दिनेछैन । जनतासँग मत माग्न जाँदा बनाएको घोषणा पत्रको आधारमा गर्न बाँकी काम सम्पन्न गर्छु । धेरै काम त सम्पन्न पनि भइसकेका छन् । केही काम गर्न बाँकी छ त्यो काम अबको मेरो बाँकी कार्यकालमा सम्पन्न गर्छु ।

तपाईको प्रतिक्रिया