भेरीगंगाका कविराम खड्का उत्कृष्ट उद्यमी

सिपी कार्की
सुर्खेत, १० मंसिर ।
भेरीगंगा नगरपालिकाको उत्कृष्ट उद्यमी–२०७७ को लागि कविराम खड्का सम्मानित हुनुभएको छ । भेरीगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, उद्योग विकास शाखाद्वारा मंगलबार आयोजित छैंठौ राष्ट्रिय उद्योग दिवस–२०७७ को कार्यक्रममा खड्का सम्मानित हुनुभएको हो ।

भेरीगंगा वडा नम्बर ६ मा पवन पशुपंक्षी तथा बँदेल फर्म सचालन गर्दै आउन भएका खड्का आर्थिक बर्ष २०७७ का लागि भेरीगंगाको उत्कृष्ट उद्यमीका रुपमा सम्मानित हुनुभएको छ । खड्का शारिरिक अपाङ्ग भएपनि लामो समयदेखि सपाङ्गसरह कुखुरापालन, बाख्रापालन, बदेलपालन, तरकारी, फलफुल खेती, कृषि खेती संचालन गर्दै थियो ।


उत्कृष्ट उद्यमी खड्कालाई नगरपालिकाका उद्योग विकास तथा सहकारी अधिकृत पीताम्बर पौडेल, प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर बस्नेत, नगरपालिका मेयर भुपेन्दबहादुर चन्द, उपमेयर रेणु आचार्यले नगद, दोसल्ला र सम्मान पत्रले सम्मान हो । भेरीगंगा नगरपालिकाले पहिलोपटक उत्कृष्ट उद्यमी सम्मान गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार