सिपी कार्की
सुर्खेत, १० मंसिर ।
भेरीगंगा नगरपालिकामा लैगिक हिंसा अन्त्यको प्रतिवद्धता ब्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ १६ दिने अभियान सुरु भएको छ । बुधबार अर्थात मंसिर १० गतेदेखी मंसिर २५ गते तदअनुसार २०२० नोबेम्बर २५ देखी डिसेम्बर १० सम्म विविध कार्यक्रम गरी अभियान मनाईदैछ ।
भेरीगंगा नगरपालिका सुर्खेतमा भेरीगंगा नगरपालिकाका उप प्रमुख रेणु आचार्य ढकालको संयोजकत्मा लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान बिभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।
सो कार्यक्रममा १३ वटा वडाका महिलाहरुलाई लैगिक हिंसा सम्बन्धी कार्यक्रम, अपांग भएका १३ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण, विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम, ब्लड संकलन कार्यक्रम र उत्कृष्ट महिलालाई पुरस्कार बितरण गरिने गरी भेरीगंगामा लैंगिक हिंसाको १६ दिने अभियान सम्पन्न गरिने बताइएको छ ।
युग संवाददाता । । १० मंसिर २०७७, बुधबार ०७:२२