दशैँ, तिहार र छठमा १ सय ५५ कुन्टल चामल विक्रि

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, ९ मंसिर ।

रुकुम पश्चिममा सञ्चालिन सुफत मुल्य पसलबाट हाल सम्म १ सय ५५ क्वीन्टल चामल विक्रि भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटिड शाखा कार्यालय रुकुम पश्चिममा संचालन भएको सुफत मुल्य पसलबाट हाल सम्म १ सय ५५ क्वीन्टल चामल विक्रि भएको छ कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार दशैँ तिहार छट लगाएतका चाड पर्वहरुलाई मध्यनजर गर्दै गत अशोज १६ गत्ते देखी सञ्चालन गरिएको सुफत मूल्य पसलबाट १ सय ५५ क्वीन्टल चामल विक्रि गरिएको कार्यालयको भनाई छ ।

पसलबाट सबै भन्दा बढी इस्टीमा जिरा चामल विक्रि भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम पश्चिमको निमित्त प्रमुख चन्द्र बहादुर खड्काले बताए । सुफत मूल्य पसलबाट हरेक चामलको मूल्यमा प्रति क्वीन्टल ५ सय रुपैँया छुटमा विक्रि भैरहेको छ । निमित्त प्रमुख खड्काका अनुसार अरु समयको भन्दा अहिले सुफत मूल्य पसल सञ्चालन गरिएपछी धेरै चामल विक्रि भएको छ ।

सुफत मूल्य पसलबाट जिल्लाका मुसिकोट नगरपालिका, सानिभेरी, बाँफिकोट र त्रिवेणी गाउँपालिकाका नागरिकहरु लाभान्वित भएका छन । चाड पर्वलाई लक्षीत गरी गत असोज देखी मंसिर ६ गत्ते सम्म सुफत मूल्य सञ्चालन गरेको भएपनि अहिले यसको अवधी थप गरिएको निमित्त प्रमुख खड्काले जानकारी दिए । उनका अनुसार सूफत मूल्य पसल अव आगामी मागे सक्रान्ति सम्म सञ्चालन हुने छ । व्यक्तिगत पसलबाट भन्दा सुपथ मुल्य पसलबाट चामल सस्तो मुल्यमा पाएपछी सबै स्थानीय तहका मानिसले खलंगा आउने निहुमा चामल किनेर लगेको बताएको छ ।

यस ब्यापार कम्पनीबाट प्रति कुन्टलको ६६ सय , जापानको ४८ सय र अरुवा मोटो चामलको ४८०० सयमा बिग्री भैरहेको कार्यलय प्रमुख खड्काले बताए । अहिले सम्म रुकुम पशिमका ७ सहकारी मार्फत चामल बिग्री भैरहेको छ भने स्यालाखदी बिग्री केन्द्र , पुर्बी रुकुमको तकसेरा बिग्री केन्द्र र सोभागाउ रुकुमकोट बिग्री केन्द्रमा भने ठेक्का मार्फत चामल दुवानी गरि बिग्री भैरहेको छ । सहकारीमा जाने चामलको लागि खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेडले प्रति केजी ५० भन्दा कम पर्ने चामलको लागि ७ प्रतिशत र प्रतिकेजी ५० भन्दा माथि पर्ने चामलको लागि ६ प्रतिशत सेवा शुल्क दिने गरेको छ ।

तपाईको प्रतिक्रिया