कक्षा १२ को परीक्षा सुरुः स्वास्थ्यसम्बन्धी मापदण्डमा कडाइ

सुर्खेत, ९ मंसिर ।

कोरोनाका कारण गत वैशाखमै हुनुपर्ने कक्षा १२ को परीक्षा आज (मंगलबार) बाट सुरु भएको छ । देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुँदैछन् । बिहान ८ बजेदेखि साढे एक घण्टा मात्र संचालन हुने परीक्षाका लागि चार हजार एकसय विद्यायलमा केन्द्र तोकिएको छ ।

परीक्षा संचालका लागि सरकारले तोकेको स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरिएको छ । परीक्षामा सहभागी हुने विद्यार्थीको अनिवार्य रुपमा ज्वरो नाप्ने व्यवस्था गरिएको छ ।


विद्यार्थीले परीक्षा हलमा बस्दा मास्क लगाउनुपर्ने छ । परीक्षा बोर्डले एउटा कोठामा दुई मिटरको दूरीमा २० जना मात्र परीक्षार्थी राख्ने व्यवस्था गरेको जनाएको छ ।

यसैबीच शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्ड पूरा गरी ढुक्कसँग परीक्षा विद्यार्थीहरुलाई आग्रह गरेका छन् । शुभकामना दिँदै मन्त्री पोखरेलले परीक्षामा सामेल हुन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गरे ।

मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा आवश्यक सचेतना अपनाउन पनि अनुरोध गरे । उनले सही ढंगले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुन पानीले हात हुने जस्ता सामान्य कुरा पनि पालनामा हेलचेक्राइँ गर्दा महामारी गहिरिएकाले सचेत रहन आग्रह गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार