आठ महिनापछि बन्द विद्यालय सुचारु

दुर्गा विसि
सल्लीबजार, ९ मंसिर ।
सल्यान पश्चिममा कोभिड–१९ का कारण बन्द रहेका विद्यालयहरु अंशिक रुपमा सुचारू भएका छन् । सुनसान विद्यालयहरु वल्ल चहलपहल हुन थालेको विद्यालयका प्रधानाध्यापकहरुको भनाइ रहेको छ ।

कार्तिक १६ बाटै मावि च्युराले कक्षा ८,९ र १० को कक्षाहरु सञ्चालन गर्दै आएको छ भने अन्य कक्षाहरु आंशिकरुपमा चलाएको जनाएको छ । बनगाड कुपिण्डे नगरपालिकाले विद्यालयहरु सञ्चालनका लागि नितिगत निर्णय नगरे पनि हतारिए विद्याय सञ्चालन हुन थालेको देखिन्छ ।


यता नगर शिक्षा अधिकारी चक्रवहादुर रावतले सबै विद्यालयहरु सतर्कता अपनाउदै सञ्चालन गर्ने निर्देशन दिएको वताएको छ । सबै शिक्षकहरु विद्यालयमा उपस्थित हुने र सरकारि निति अनुरुप विभिन्न विधिहरु अपनाइ शिक्षण कृयाकलाप अघि वढाउन निर्देश गरेको शिक्षा अधिकारी रावतको भनाइ छ । तर अझै विद्यालयको पठनपाठन अघि वढाउने कुरामा भने केही विद्यालयहरु हिच्चकिचाइ रहेका छन् ।

भोलि हुने असाब्धानिको जवाफ देहि कोहुने भन्ने कुराको अन्योलताले विद्यालय ढुक्कसग सञ्चालन गर्न मानिरहेका छैनन् । नगरको नितिगत निर्णय नहुनजेल विद्यालय सञ्चालन नगर्ने केही विद्यालयहरुको भनाइ छ । कोरोना त्रासका विच पनि आजबाट भने केही थोरै विद्यालयले पढाइ सञ्चालन सुरु गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार