स्वास्थ्य मन्त्रीज्यु मेसो विग्रिए जनताले लघार्न बेर हुन्न ! हैन !

स्वास्थ्य मन्त्रीज्यु मेसो विग्रिए जनताले लघार्न बेर हुन्न ! हैन ! स्वास्थ्य मन्त्री भानुभक्त ढकालले त कोरोना नियन्त्रणको क्षेत्राँ आँफुले जत्तिको राम्रो काम संसाराँ कुनै सरकारले नगरेको भनेर सांसदहरुसित कुर्लिए त हँ । आँफुहरुले २५ जनतालाई मात्रै कोरोना लाग्ने र त्यती जनता मात्रै पिसिआर गर्ने लक्ष्य लेकोमा सरकारी लक्ष्य पूरा भइसकेको बताउँदै संसारका सबै देशमध्ये नेपालले मात्रै राम्रो काम गरेको बताए त हँ । हुन पनि संसारका अन्य कुनै मुलुकाँ कोरोना परीक्षणको सामग्री किन्दा भष्टाचारभा सम्चार नआको तर नेपालाँ भष्टाचारभा मात्रै सम्चार नआएर परीक्षणका किट नै नक्कली आको सम्चार बाहिर आ भएरै नि होला स्वास्थ्य मन्त्रीज्यु सबैभन्दा राम्रो काम मैले नै गर्याछु भनेर कुर्लिनु भा !

मुलुकको सबैभन्दा आधिकारिक वर्ग भन्या सांसदहरुनै हुन् । जब उनरका अगाडि नै सरकारले विश्वमै राम्रो काम गरें भनेर सरकारका स्वास्थ्य मन्त्री नै दावा गर्छन् भने माननीयहरुनी चुपचापका साथ मन्त्रीका कुरा सुन्न बाध्य नभै सुख्ख ? माननीयहरलाई पाठ पढाउने कार्यक्रम अन्तरगत दश विसोटा सांसदहरु जम्मा गरेर तिनरको मुखाँ दिन भरिका लागि बुझो लाग्ने चिज हाल्देछि माननीयहरु नि चुपचाप त्यसपछि जे भनेनी कसले प्रतिवाद गर्ने ? त्यसो त ऐल्या कमिनिष्टको सरकारसित भा उग ्रबहुमतलाई हेर्दा सरकारको विरोध गर्ने मान्छे वा ठाउँ नै काँ छ र ? स्वयं प्रधानमन्त्री नै सरकारको विरोध गर्नेलाई तड्पार गराउने तयारियाँ लाग्नु भाछ ।

अनि यस्तो बेलाँ स्वास्थ्य मन्त्रीले यस्ता कुरा नबोलेर कस्ता कुरा बोलुन तनी ? अनि उनले बोल्या कुरा जनताले नपत्याई सुख्ख ! त्यतिमात्रै हैन सरकारले कति राम्रो काम गर्या छ र केन्द्रदेखि गामगामका सरकारले विश्वकै उत्कृष्ट र नमुना लाएक काम गर्याछ भनेर जाँच्न त अँझ गाममा गा बजेट त्याँका नेता कार्यकर्ताले कति ब्रहमलुट गरेर संसारकै नमुना काम गर्याछन् भन्ने जान्न बुझ्न खर्च गर्या बजेटको परीक्षण गर्नुपर्छ अनि बल्ल था हुन्छ हँ । भाइ संसाराँ कोई नमुना सरकार छ त बस कि ओलीले चला सरकार छ कि ओलीलेको कमिनिष्ट पार्टीले चला सरकार छ भन्ने जानकारी हुन्छ । त्यसैले स्वास्थ्य मन्त्रीज्यु तपाइँले सांसदका अगाडि गर्या दाबा विल्कुल सही छ ।


तपाइँले आँफुले मात्र हैन, तपाइँका आफन्तहरले जसरी गाउँतहदेखि प्रदेश र केन्द्रसम्मै भष्टाचारको खेतिपाति गर्नु भाछ त्यो जत्तिको सफल खेती कुनै मुलुकाँ भा छैन । त्यसैले तपाइँको दावालाई खारेज गर्ने दम कुनै मायकालालकाँ छैन । तपाइँहरूले सरकार चलाएदेखिका आजका दिनसम्म आईपुग्दा काठमाण्डुका सिंहदरबार खालिखालि हात गाउँ नपसेर संसाराँ गरिने आफ्नो लागि राम्रा काम जति सब्बै पाकेटाँ बोकेर गारैछन । त्यसैले त बाटो खन्न लग्या बजेट उतै हराउँछ । तर बाटो आउन्न । कुलो खन्ने भन्यो त्यस्तै, पुल बनाउन भन्यो पुल नवन्दै पुल बग्छ । विकासका नाममा कुन कामको रकम सदुपयोग भएर काम भाछ । त्यो तपाइँहरको मन्त्री मण्डलबाहेक कसैलाई था छैन । हेरम ! भविष्याँ कैल्यै जनता सरकार आएछ र यो सरकारले कत्तिको राम्रो काम गर्यारैछ त हेरम्न त भनेर खोजि नीति गरेछ भने त्योबेला बल्ल था पामला नेपालाँ कमिनिस्टको सरकारले कत्तिको राम्रो काम गर्यारैछ भन्ने । स्वास्थ्य मन्त्रीज्यु गफ दिनुकोनी हद हुन्छ नि । यस्तो फाल्तु गफचाइँ नदिम है ! मेसो विग्रिए जनताले लखेटनबेर हुन्न । होस गरम् ।

वेदर्षि


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार