आठविसकोटमा आलु चिप्स उद्योग सञ्चालनको तयारी

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, ७ मंसिर ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १ मा आलु चिप्स उद्योग सञ्चालनमा आउने भएको छ । वडा नम्बर १ को चैतीखारा गाउमा आलु चिप्स उद्योग सञ्चालनको तयारी भएको हो ।

१८ लाख लागतमा आलुचिप्स उद्योगको भवण निर्माण गरिएको वडा नम्बर १ का वडा अध्यक्ष देव बहादुर घर्तिले जानकारी दिए । उनका अनुसार उद्योग स्थापनाका लागी आठविसकोट नगरपालिकाले ६ लाख रुपैया समेत अनुदान दिएको छ । उहाँका अनुसार कर्णाली प्रदेश सरकारको किसान हातेमालो कार्यक्रम मार्फद यो उद्योग सञ्चालन गर्न लागिएको हो ।


उद्योगको भवण निर्माण कार्यमा यहाँका स्थानिय नागरिकले २० प्रतिशत श्रमदान समेत गरेका छन । आलु चिप्स उट्योग बन्ने भएपछी वडा नम्बर १ र २ का वडाका किसानले लगाईएको आलुले बजार पाउने भएको छ। पहिलो चोटी त्यस गाउमा सो उपाए अपनायर आलुको उपयोग गर्न लागिएको हो ।

आलु चिप्स तयार पार्नका लागी मसला मिक्सर, डिजेल भट्टी, आलु काट्ने मेसीन ग्रेडिङ मेसिन, प्याकेजिङ प्लाष्टिक, ११ किलोवाटको जेनेरेटर तयारी अवस्थामा राखिएको वडा अध्यक्ष घर्तिले बताए । अवको एक महिना पछी आलुको चिप्स बनाउने काम सुरु गरीने उहाँको भनाई छ । १ नम्बर वडामा मात्रै वार्षीक झण्डै तिन सय क्विटल आलु उत्पादन हुने गरेको छ ।

उद्योग सूचारु भएपछी उत्पादन गरेको आलुले बजार पाउने भन्दै स्थानिय कृषकहरु खुशी भएका छन । नगरपालिकाको १ र २ नम्वर वडामा सवै भन्दा बढी आलु उत्पादन हुने गरेको वडा अध्यक्ष घर्तिले भनाई छ । उद्योगमा उत्पादन भएको आलु चिप्स नगरपालिकाका केही स्थानिय बजार, प्रदेश राजधानी सुर्खेत लगाएत अन्य प्रदेशहरुमा पनी नि¥यात गरिने लक्ष्य राखिएको छ ।

उद्योग सञ्चालनमा आएपछी उत्पादित आलुले बजार पाउने र गाउँमै रोजगारी मिल्ने स्थानियको अपेक्षा छ ।यस अघि आलुले बजार नपाएर त्यहाका स्थानीयले घोडामा बोकेर बाफिकोट गाउपालिकाको नेटाबजार , छिनखेत , सेराखेत , नदुवा , आठबिसकोट नगरपालिकाको राडी बजार र सदरमुकाम खलंगा सम्म आलु किसानले बेच्ने गरेका थिए । आलुले गाउमै बजार पाउने भएपछी किसानमा खुसियाली छाएको छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार