ताजा खबर
  

परिवारले प्रेम स्वीकार गरेपछि विवाह

मन पराएको र रोजेको सबैले पाउँदैनन् । त्यसमाथि मन परेको व्यक्तिलाई जीवन साथी नै बनाउने अवसर कमैलाई मिल्छ । जीवनमा सबैले माया लाउँछन्, प्रेम पनि गर्छन् । तर सबैको मायाप्रेम सफल हुँदैन । आफुले मन पराएको व्यक्ति पाउन कत्तिले ज्यानैसमेत गुमाएका धेरै उदारण पनि देख्न सक्छांै हामी समाजमा । मायाकै लागि कतिपय जोडी परिवारसँगै लडिरहेका हुन्छन् । यस्तै प्रेमलाई सफल बनाएका जोडी हुन् चेतननिधी वाग्ले र अनिता खनाल । यो जोडीले ६ वर्षदेखिको प्रेमलाई सफल बनाउँदै विवाहमा नै परिणत गर्न सफल भए ।

मागी विवाह

चेतननिधी वाग्ले काठमाडौंमा बसेर पढ्दै थिए । स्नातक तहमा उनीसँगै पढ्ने अनिता खनाल पनि थिइन् । सँगै पढ्दापढ्दै उनीहरुबीचमा माया बस्यो । दुबैले एकअर्कालाई मन पराउन थाले । २०६३ सालदेखिको प्रेमलाई उनीहरुले २०६८ सालमा विवाहमा परिणत गरे । लामो समयदेखिको मायालाई विवाहमा परिणत गर्नुपर्छ भन्दै दुबैले सल्लाह गरेर घरमा कुरा राखे । दुवैको घरपरिवारले छोराछोरीको कुरालाई सहजै स्वीकार पनि गरे ।

दुबैको परिवार विवाह गर्दिनका लागि राजी भएपछि उनीहरुको २०६८ सालमा मागी विवाह भयो । अनिता भन्छिन्, ‘सुरुमा घरपरिवारलाई कसरी भन्ने डर त लागेको थियो, दिदीसँग फोनमा सबै कुरा भनेपछि दिदीले घरमा भन्नुभयो र कुरा अघि बढ्यो । बुवाआमा पनि राजी हुनुभयो र हाम्रो विवाह भयो ।’ वाग्ले पढाइमा पनि राम्रो भएकाले अनिताका बुवाआमाले छोरीले रोजेको केटा ठिकै होला भनेर विवाहका लागि सहमति दिएका थिए । चेतननिधीलाई पनि घरमा भन्न सहज थिएन ।

पहिला अनिताले भनेपछि हिम्मत जुटाएर उनले पनि घरमा विवाहका लागि केटी रोजी सकेको कुरा बताएका थिए । छोराको सुखीमा नै बुवाआमा राजी भएर वाग्ले नै मन पराएको केटीलाई माग्न गए । ६ वर्षदेखिको माया प्रेमलाई यसरी उनीहरुले विवाहमा रुपान्तरण गरे । अहिले यो जोडीको एक छोरा र एक छोरी पनि छन् ।

छोरी र बुहारी हुँदाको अनुभव

अनितालाई विवाहपछि घर पनि माइती जस्तै लाग्यो । पाँच भाइबहिनी मध्येकी अनिता पनि घरकी कान्छी छोरी नै हुन् । घरमा पनि कान्छी बुहारी भएर आएकी अनिताले अमाजुहरुको माया दिदी सहर नै पाइन् । हरेक काममा अमाजु दिदीहरुको सहयोग र माया पाउँदा अनितालाई म बुहारी हुँ भन्ने कुनै अनुभुती नै भएन । उनी भन्छिन्, ‘विवाहपछि मलाइ घरमा पनि माइतीमा जस्तै माया मिल्यो, त्यसैले पनि मैले बुहारी हुनुको अनुभव गर्न पाइन ।’ अनिता विवाहपछि जागिरको सिलसिलामा काठमाडौंमै थिइन् । पछि उनी सुर्खेत आइन् र सेडा स्कुलमा कोडिनेटरको रुपमा अहिले पनि काम गरिरहेकी छन् ।

यस्तो थियो बाल्यकाल

२०४३ सालमा साविकको वीरेन्द्रनगर १० (हालको वीनपा ८) खजुरामा जन्मिएका चेतननिधी वाग्ले बाल्यकालमा चन्चले स्वभावका थिए । उनको बाल्यकाल घरको काम गर्ने र साथीहरुसँग खेल्दै रमाइलोसँग वित्यो । घरको पाँच भाईबहिनी मध्ये कान्छो छोरा भएकाले अलि बढी नै माया पाए । उनलाई अन्य कुरा भन्दा पनि पढाइमा नै बढी ध्यान जान्थ्यो । उनको बाल्यकालदेखि नै पढाइ पनि राम्रो थियो ।

अनिताको जन्म २०४४ सालमा गोर्खाको ताप्ले गाविसमा भएको हो । उनको बाल्यकाल रमाइलोसँग वित्यो । पाँच भाइबहिनी मध्ये कान्छी छोरी भएकाले उनको बाल्यकाल रमाइलोसँग वित्यो । उनी बाल्यकालमा हाँसि रहने स्वभावकी थिइन् । जिस्कन खोज्ने र रमाइलो गर्न मन पराउर्थिन् ।

पढाइ

वाग्लेको पढाइ इगरव्रिजबाट सुरु भएको हो । कक्षा ८ सम्म उक्त स्कुलमा पढे । पछि बोर्डिङ स्कुलहरु बन्द भएपछि उनी पढ्न काठमाडौं गए । उनको दाईहरु काठमाडौंमै भएका कारण उनको पढाइ पनि उत्तै भयो । कक्षा १२ मा उनले साइन्स विषय लिएर उर्तिण गरे । उनी वीवीएस पास पनि भए । पछि एमपएस पनि उर्तिण गरे । एमपीएस सकेर बसेका वाग्ले लोकसेवा खुलेको समयमा परीक्षा दिएर नाम पनि निकाले । २०७१ सालदेखि उनी सरकारी सेवामा छन् । हाल उनी जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतमा कार्यरत छन् ।


अनिताको पढाइ काठमाडौंमै भएको हो । उनले नर्सरीदेखि एसएलसी पास बालुवाटारको न्युटन हाइस्कुलबाट गरेकी हुन् । महाराजगञ्जको कलेजबाट उनले कक्षा १२ मा साइन्स विषयमा उर्तिण गरेकी हुन् । पब्लिक हेल्थ वीवीए न्याम्स कलेज बानेश्वरबाट उर्तिण गेरेकी हुन् । स्नातकोत्तर पद्मकन्या कलेजबाट उर्तिण गरिन् । अनिताले एसएलसी दिएपछि नै होम ट्युसन पढ्थिन् । उनको पढाइ पनि राम्रै थियो । स्नातक सकेपछि उनले युनिसेफको प्रोजेक्टमा दुईवर्ष काम गरिन् । पछि विवाहपछि उनी सुर्खेत आइन् । विगत नौ वर्षदेखि सेडा स्कुलमा कार्यक्रम संयोजकको रुपमा काम गर्दै आइरहेकी छन् ।

कहिलेकाँही ठाकठुक

विवाह पछि हरेक जोडीमा सामान्य झगडा र मनमुटाव त हुन्छ नै । यो जोडीको पनि विवाहपछिका दिनमा कहिलेकाँही सामान्य झगडा हुन्छ । तर धेरै समयका लागि भने होइन । एकैछिनका लागि मात्र । उनीहरु भन्छन्, ‘झगडा त सबै जोडीमा हुन्छ, तर हाम्रो भने कहिलेकाँही मात्र हुन्छ ।’

सुखदुख विसाउने जीवनसाथी

विवाह भनेको पवित्र बन्धन हो । जीवन चलाउने पद्दती पनि हो । एक्लै जीवन काट्न सकिदैन । त्यसैले पनि विवाह आवश्यक छ । सुखदुख विसाउने जीवनसाथी चाहिन्छ । एकले अर्काको दुखमा साथ दिने र सुखमा हासिदिने पनि साथी चाहिन्छ । जुन साथी विवाहपछि मात्र पाइन्छ ।

सम्बन्ध दिगो बनाउन विश्वास

विवाह सम्बन्धलाई दिगो बनाउन एकअर्काप्रति विश्वास हुन जरुरी छ । एकअर्काेको सम्मान गर्न जरुरी छ । धेरै अपेक्षा पनि नगर्ने हुनुपर्छ । इच्छा आंकाक्षा धेरै राख्यो भने पनि पुरा नहुँदा सम्बन्धमा फाटो आउन सक्छ । त्यसैले अपेक्षा धेरै राख्नु हुँदैन । एकअर्कामा कुराहरु साटासाट गरिराख्ने यसलेगर्दा पनि सम्बन्ध दिगो बनाउँछ । जस्तो सुकै परिस्थितीमा पनि साथ दिन सक्नु पर्छ । सन्तानले पनि सम्बन्धलाई झन् दिगो बनाउछ ।
माया र प्रेम भनेको एकअर्कालाई गर्ने कुरा हो भने विवाहमा धेरै कुराहरु जोडिएको हुन्छ । माया र प्रेम एकले अर्कालाई ग¥यो पुग्छ । तर विवाहमा दुई घरपरिवार जोडिएको हुन्छ । आफन्त इष्टमित्र जोगिएका हुन्छन् धेरै कुराहरुमा विचार पु¥याउनु पर्छ । माया प्रेममा स्वतन्त्र हुन्छ तर विवाहमा जिम्मेवारी हुन्छ ।

एकअर्काको नजरमा ?

वाग्लेको नजरमा अनिता कडा परिश्रम गर्ने श्रीमती हुन् । मेहेनती, कुरा बुझ्ने, सबैलाई माया गर्ने, समझदारी श्रीमती हुन् । उनलाई अनिताको सबै बानी मनपर्ने गर्छ । समयअनुसार चल्ने अनिताको बानी उनलाई मनपर्छ । बच्चाहरुलाई धेरै ख्याल गर्ने बानी मनपर्छ । अनिताको अलि बढी रिसाउने बानी हटाइदिए हुन्थ्यो भन्ने लाग्छ ।

अनिताको नजरमा पनि वाग्ले कडा परिश्रम गर्ने श्रीमान् हुन् । उनको मेहेनत र हास्ने बानी अनितालाई खुव मनपर्ने गर्छ । सबैलाई सम्मान गर्ने बानी मनपर्ने गर्छ । अनिता रिसाउदा वाग्ले नै फकाउने गर्छन् । कहिलेकाही फकाउनै लागि गित पनि गाउने गर्छन् । जुन बानी अनितालाई मनपर्ने गर्छ । वाग्लेको कहिलेकाँही समय सबै कामलाई मात्र दिने र परिवारलाई समय नदिने बानी अलि मन पर्दैन । कहिलेकाँही परिवारलाई पनि समय दिएको भए हुन्थ्यो भन्ने लाग्ने गर्छ ।

गिफ्ट आदानप्रदान

यो जोडी एकअर्काको जन्मदिन र विवाह उत्सवको समयमा दुवैले एकअर्कालाई गिफ्ट पनि दिने गर्छन् । विवाह अघि माया प्रेममा हुँदा पनि यो जोडीले एकअर्कालाई गिफ्ट दिने गर्थे । विवाहपछि पनि दिने गर्छन् । अनिता भन्छिन्, ‘विवाह अघिजस्तो गिफ्टहरु आदानप्रदान त हुँदैन, तर पहिलेदेखि दिँदै आएकोले अहिले पनि दिने गर्छाैं ।’ विवाह अघि वाग्लेले अनिताको जन्मदिनमा पत्रिका र रेडियोमा जन्मदिनको शुभकामना समेत पठाउने गर्थे । पहिलेको तुलनामा अहिले भने गिफ्ट आदानप्रदान अलि कम हुनेगर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार