जनताले खान देकै छन् । जसरी खान्छौ खाऊ । भख्खर भख्खर आ गणतन्त्रका राष्टपतिहरु भएर होकी किन हो कुन्नि ? राष्टपतिहरु विवादरहित नहुने भए । काँग्रेसले बहुमत ल्यायो अनि राष्टपतियाँ निश्पक्ष मान्छे नल्याएर खाँटि काँग्रेस ल्यायो उनी पनि विवादितै बने । त्यसपछि कमिनिष्टहरले देशाँ दुई तिहाइ ल्याए । राष्टपतियाँ फेरि त्यस्तै खर्राँट कमिनिष्टलाई विराजमान बनाए । अनी त के चाइयो र । प्रधानमन्त्री र पार्टी अध्यक्षभन्दा बढता पार्टीको राजनीति गर्ने राष्टपति भएछि के चाइयो र ?
जब दुईटा अध्यक्ष लडे । त्यसपछि भने निश्पक्ष राष्टपति चाइने अर्थात यिनी यौटा समूहका लागि निश्पक्ष भइनन् । उनी आफ्नो ठाँ बस्नपर्ने भो । संविधान ऐन कानुन विरुद्ध भए उनका भेटघाट ! पैलैदेखि संवैधानिक मर्यादाभित्र बस्न सिका भा पो उनी बसुन् । पैला उनले गर्ने सबैकाम प्रिय हुने । अब त्यस्तै काम गर्दा के को अप्रिय । खासै भन्ने हो भने हाम्रो देशको सरकार पनि त कमिनिष्टै होनी त । रुसको व्यवस्था नी त्यै कमिनिष्ट हो । हाम्रो व्यवस्था नी कमिनिष्टै हो । हैन प्रजातन्त्र हो भनम भने जनताले भन्या काँ भा छ त ! आखिर जनता कुरा सुनुवाई नै हुन्न । विपक्षीलाई लखेट्ने काम मात्रै हुन्छ भने त्यो प्रजातन्त्र काँ भो र ?
त्यसैले बरु रुसका रास्टपतिले केहीदिन अघिमात्रै देशको तल्लो सदनाट राष्टपति वा उनका परिवारका विरुद्ध कुनै पनि अदालताँ मुद्दा गर्नै नपाउने गरी कानुन पास गराए । आखिर बहुमत त हो । त्यस्तै बहुमत हाम्रो देशाँनी त नेपाली कमिनिष्ट पार्टीले ल्याकै छ । रात दिनको झैझगडा भन्दा त कोको कति कति बर्ष राष्टपति ,प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने हो । यौटा नियम बनाउने । अनि पालै शान्ति पदाँ बस्ने । आखिर विश्वका कमिनिष्ट एकहुम् भन्ने सिद्धान्त त्यो पार्टीको छँदैछ त । अरु कार्यकर्ताले त्यसाँ विरोध गर्ने कुरै भएन ।
मुद्दै नलाग्ने र कानुन भन्दा माथि हुने भनेछि कमाइ नहुने भन्ने कुरो भएन । तिन्टाले तिन्टा पद बाँडेर खाने भनेछि तेरो कमाई धेरै, मेरो कमाइ थोरै भन्ने ठाउँ पनि भएन । तिन्टै पदले राम्रै कमाइ गर्ने भएछि घरजानहरको चित्त बुझाउन नी सजिलो । ल ओली कमरेड ऐले सरकाराँ हजुरै होईबक्सिन्छ । त्यसैले अबको पुस मैनासम्माँ बस्ने सदनाँ को कति कति बर्ष कुन पदाँ बस्ने भन्ने कुरा र उनरलाई मुद्दा नलाग्ने विष्याँ ऐन बनाएर पास गराउनुस् । यो सँधै भरिको त्रसित र आशंकित अवस्थाभन्दा बरु पालै शान्ति सबै पदाँ बस्न र कमाउन पाउने अनि मुद्दानी नलाग्ने भएछि टन्टै साफ ।
सदनाँ दुईतिहाइभन्दा बढता भा फाइदा पनि त लिनु पर्याे । जनताले जे जे सक्छौ गर ! भनेर नै त त्यति धेरै मत देका हुन् । उनरको मतको कदर सितै पार्टीभित्रा किचलो साफ गर्ने नै हो भने यी दुइटा काम नगरी भएन । पार्टी फुटालेर कैल्यै पनि सत्ताँ नपुगिने काम गर्नुभन्दा त बोरिसयल्तसिनको अनुयायी हुन ठिक केरेनी हैन र ? जयहोस् कमिनष्ट र तिनका नेताहरुको ।
वेदर्षि
युग संवाददाता । । ७ मंसिर २०७७, आईतवार ०९:५८