जाजरकोट, ७ मंसिर ।
पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले १५ शैयाको स्वास्थ्य संस्था सञ्चालनमा ल्याउने भएकोछ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले एक कार्यक्रमवीच नगर अस्पतालको उद्घाटन गर्नुभएको हो । आवश्यक जनशक्ति व्यवस्थापन गरी सेवा सुचारु गर्ने तयारी गरिएको छ ।
स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सुचारु सँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन् । सेवा सञ्चालन गर्नका लागि नगरकै तर्फबाट अस्थायी रुपमा संरचना निर्माण गरि कामको सुरुवात गरिएको नगर प्रमुख लालबहादुर महताराले जानकारी दिनुभयो ।
संघीय सरकारको एक करोड र थप नगरपालिकाकै लगानीमा अस्पताल निर्माणको काम केही दिनमै सुरु हुने प्रमुख महताराले जानकारी दिनुभयो । केही दिनमै चिकित्कसको विज्ञापन गरी अस्पतालमा सेवा दिइने छ । अहिले सदरमुकाम स्थित जिल्ला अस्पतालबाट चिकित्सकलाई ल्याएर सेवा दिन लागिएको छ । एक जना मेडिकल अधिकृत, २ जना स्टापनर्स सहित १५ जना कार्यरत रहने छन् । ल्याव , एक्सरे सेवा समेत सञ्चालनमा आउने बताएको छ ।
३९६ वटा अस्पताल निर्माण एकै पटक : राज्यमन्त्री –रावत
३९६ स्थानीय तहमा स्वास्थ्य संस्था निर्माणका लागि सरकारले घोषण गरि काम सुरु गरिएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिनुभयो । १५ मङ्सिरमा सबै स्वास्थ्य संस्थाको उद्घाटन एकै पटक गरिने मन्त्री रावतले जानकारी दिनुभयो । देशै भरीमा छेडागाड नगरपालिकाले पहिलो पटक नगर अस्पताल उद्घाटन गरेर सवैलाइ उछिनेको छ । १५ शैयाको अस्पतालमा रु १५ करोड बजेट सरकारले पठाउने तयारी गरिरहेको मन्त्री रावतले जानकारी दिनुभयो ।
देशका सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि २५ करोड बजेट पठाएको समेत बताउनुभयो । स्वास्थ्य मन्त्रालयले भारी काम गरेको तर केही मान्छेले सो काम नदेखेको भन्दै मन्त्री रावतले आक्रोश पोख्नुभयो । अधिकांश समय सरकारको बखानमै खर्चेका राज्यमन्त्री रावतले घटनाले मानिसको दिमागमा सोच्ने तरिका बदलिएको बताउनुभयो ।
३९ वटा १५ शैयाको कर्णालीमा स्वास्थ्य संस्था निर्माण गर्न लागिएको छ । सरकारको प्रचार नभएको भन्दै सरकारको काम प्रचार गर्न समेत पत्रकारलाइ मन्त्रीले आग्रह गनुभयो । कर्णालीका अधिकांश ठाउँमा ५० शैयाको अस्पताल सञ्चालन गर्ने तयारीमा रहेको बताएको छ । यहाँ स्वास्थ्य संस्था निर्माण हुन कम्तिमा पनि एक वर्ष लाग्ने स्थानीयवासीको भनाई छ ।
अहिले पश्चिममा अस्थायी रुपमा सडकको ट्याक औपन भइ हलुका सवारी साधान मात्र सञ्चालनमा रहेका छन् । हिउद् याममा मात्र यहाँ सवारी साधन सञ्चालन हुन्छन् भने वर्षायाममा निकै मुस्किल पर्ने गरेको छ । छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिका पश्चिम जाजरकोटमा पर्दछन् ।
युग संवाददाता । । ७ मंसिर २०७७, आईतवार ०७:२८